दाङ, फागुन १३ । दाङको घोराही उपमहानगरपालिका भित्र रहेका सीमसार र जलासयहरुको संरक्षण गर्न अध्यन सुरु भएको छ ।उपमहानगर भित्र कुल एकसय जति जलासय तथा सीमसार रहेका छन् ।तीनिहरुको बिकाश तथा प्रवद्र्धन गर्न स्थलगत अध्ययन थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघले घोराहीका १९ वटै वडामा पुगेर स्थलगत अध्ययन थालेको हो ।
अध्ययनका क्रममा पुराना जलासय क्षेत्रहरुलाई संरक्षण गर्ने उपायहरु, प्रक्रिया, उपयोगिता र लागत सहितको अध्ययन प्रतिवेदन तयार पारिने भएको छ । त्यस्तै, सम्भावित नयाँ सीमसार क्षेत्रलाई जलासय युक्त क्षेत्र निर्माण गर्न सल्लाह सुझावसहितको प्रतिवेदन तयार पारिएको सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्याक्ष कमलराज पोख्रेलले बताए ।
घोराही उपमहानगरपालिका पर्यटन शाखाका संयोजक रमेश पाण्डेयको अध्यक्षतामा घोराहीमा मंगलवार छलफल पनि भएको छ ।कार्यक्रममा सहभागिहरुले जलासयको संरक्षणसँगै त्यसको बहुआयामिक उपयोगिता सहितको रणनीति बनाउन सुझाएका छन् ।
कार्यक्रममा पर्यटन शाखाका सदस्य केबी मसाल, डा. गोविन्द आचार्य, डा. शिव सुवेदी, वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्का, जिल्ला अध्यक्ष भूपेन्द्र सुवेदी, नगरपालिकाका अधिकृत होमलाल भुसाल लगायतकाले सुझाव दिएका थिए ।