घोराही, फागुन १२ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले गिरिजाप्रशाद कोईरालकै कारण नेपालमा हालको परिवर्तन संभव भएको बताएका छन् । गरिजाप्रशाद कोईराला फाउन्डेसन दाङले सोमवार घोराहीका आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कोईरालाले गिरिजाबाबुलाई म्यान अफ अल सिजनको संज्ञा दिए ।
‘उहाँले हरेक सिजनको नेतृत्व गर्नुभयो,’ शशांकले भने ‘ जुनसुकै ऋतुहोस, जुनसुकनै सिजनहोस उहाँले अतेन्तै राम्रोसंग नेतृत्व गर्नु भयो।’
आफुसानो छँदा गिरिजाबाबुले निकै माया गर्ने गरेको र दिवालीहरुमा पटाका किनेर ल्याइदिने गरेको शशांकले स्मरण गरे । त्यस्तै गिरिजाबाबु मोरङको सभापति हुने तयारी गर्दा विश्ववन्धु थापाले बीपीलाई तपाँईको भाई नै सभापति हुन मिल्दैन भनेपछि बीपीले त्यो कुरा गिरिजालाई भन्दा गिरिजा डेराडुन्डी कसेर भुटान गएको महामन्त्री शशांकले बताए । ‘ ६ महिना भूटान बस्दा भुटान काँग्रेस पार्टी खोलेर आउनु भएको थियो,’ शशांकले भने ‘ उहाँ चुपचाप लागेर बस्ने मान्छे हैन।’
गिरिजावाबु हठी स्वभावको व्यक्ति रहेको र आफुले निर्णय गरि सकेपछि कहिलै पछाडि नहट्ने नेता भएको शशांकले चर्चा गरे ।
‘उहाँले धेरै धेरै दुःखपनि पाउनु भयो,’ महामन्त्री शशांकले भने ‘प्लेन हाईज्याकिङ उहाँकै माष्टर माइन्डले गर्दा संभव भएको थियो।’
नेपाली काँग्रेस अप्ठेरोमा हुँदा प्लने हाईज्इाकिङ काण्डले धेरै सहयोग पुर्याएको शशांकले तर्क गरे । ‘२०४८ सालमा प्रधानमन्त्री भएपछि गिरिजावाबुले यति धेरै परिवर्तन गरिदिनु भयो कि त्यसैको जगमा आज हामी छौं,’ महामन्त्री कोईरालाले भने ‘ अहिले दुई तिहाईको सरकार छ तर यस्ले अहिले त्यस्तो केही गर्न सकेको छैन ।’
गिरिजावाबुले एउटा मात्रै विश्वविद्यालयलाई बढाएर दश वटा विश्वविद्यालय पुर्याएको, एउटा मेडिकल बाट २० वटा मेडिकल कलेज बनाएको, त्यतिबेला नेपालमा जम्मा सात हजार किलोमिटर बाटो थियो आज त्यो ९० हजार पुगेको छ , त्यो सबै देन गिरिजावाबुले गर्दा नै भएको महामन्त्री शशांकले दाबी गरे । ‘तपाँईको हातहातमा मोवाई छ , सञ्चारमा यत्तो परिवर्तन गर्नु भो,’ महामन्त्री शशांकले भने ‘ आज देश लोडसेडिङ मुक्त छ,यसको देनपनि गिरिजाबबुकै हो।’
शान्ति प्रक्रियामा गिरिजाबाबुले खेलेको भूमिका अतुललिनय रहेको उनले तर्क गरे ।
नेकपाको सरकारले अहिले सम्म त्यस्तो कुनै नयाँ योजना दिन नसकेको जिकिर गरे । नेपाल संभावनाको ठूलो पुञ्ज भएको चर्चा गरेका महामन्त्री कोईरालाले त्यसको विकाशको लागि नेकपाले चमत्कारी कार्य गर्न सक्ने संभावना रहेपनि केही गर्न नसकेको उनले आरोप लगाए । ‘नेकपाको सरकारले सपना मात्रै बाँड्यो,’ कोईरालाले भने ‘ कहिले ट्रेनको सपना र कहिले पानी जहाँजको सपना।’
उनले नेपालको उत्पादन नै बढ्दैन भने ट्रेन र पानी जहाँज किन ल्याउने भन्ने प्रश्न गरे ? पहिले आफ्नो उत्पादन बढाउनुपर्ने उनको कथन थियो । उनले अब उत्पादन तर्फ जान जरुरी रहेको भन्दै अव कृषि क्रान्ति गर्न जरुरी रहेको औंल्याए । युवाहरु विदेश जाँदा रेमिट्यान्स भित्रिएको भएपनि अब युवाहरुलाई स्वदेशमै बसाएर उनीहरुको बाहुबलले नेपाललाई सम्बृद्धिको यात्रामा लैजानु पर्ने उनले तर्क गरे ।
जिपी फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, डा. चन्द्र भण्डारी, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, प्रदेश सांसद डिल्लीबहादुर चौधरी, पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, रोल्पा सभापति अमरसिंह पुन, सम्मानित हुने व्यक्ति मध्य नेकपा दाङका नेता शोभाराम बस्नेत लगाएकाले सम्वोधन गर्दै गिरिजाबाबुको योगदानको चर्चा गरेका थिए ।
त्यसक्रममा तिलकबहादुर डाँगी, छविकुमार शर्मा,तिर्थराज ज्ञवाली (चैतु),शोभाकर पन्थी, शोभारा बस्नेत, निमकान्त दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रम जिपी फाउन्डेसन दाङका अध्यक्ष खगराज पाण्डेको स्वागत मनतब्यवाट सुरु भएको थियो । कार्यक्रममा डा. शोभाकर पराजुलीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सुशील गौतम र नारायण नेपालले टिप्पनी गर्नु भएको थियो ।