घोराही, फागुन १२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रचण्ड डराएर गिरिजावाबुका विरुद्ध अर्नगल प्रचारमा लागेको बताएका छन् ।गिरिजाप्रशाद कोईराला फाउन्डेसन दाङले सोमवार घोराहीमा आयोजना गरेको शान्ति प्रक्रियामा गिरिजाप्रशाद कोईरालाको योगदान विषयक विचार गोष्ठिलाई सम्वोधन गर्दै शेखरले त्यस्तो बताएका हुन । संक्रमणकालिन न्याय, सत्य निरुपन तथा मेलमिलाप, बेपत्ता नागरिक सम्वन्धि इश्सु अहिले पनि नसकिएको हुँदा त्यो कुराबाट प्रचण्ड अतेन्तै डराएको र त्यसवाट जोगिन गिरिजावाबुलाई ढाल बनाउने प्रयास गरिरहेको नेता कोईरालाले आरोप लगाए ।
प्रचण्ड र गिरिजाबाबुको बीचमा भएका सबै भेटघाटमा आफु सहभागि भएको उल्लेख गरेका उनले गिरिजाबाबुले कहिलैपनि प्रचण्डले बोलेको कुरा नभनेको स्पष्ट पारे ।
‘प्रचण्डले जुन कुरा बोल्नु भो त्यो दुष्साहाश हो भन्छु म, डर हो ,’ कोईरालाले भने ।
दुई दिन पहिले क्यानाडाको सभामुख नेपालका सभामुखको निमन्त्रणामा आएको भएपनि अहिलेका नेपालका सभामुखको द्धन्दाकालिन मुद्दा सर्वौच्च अदालतमा जिवितै रहेको हुँदा क्यानडाका सभामुखले नभेटेपछि प्रचण्ड तर्सिएको उनले दाबी गरे ।
त्यस्तै आशंका कारण प्रचण्ड डराएर गिरिजाबाबुलाई ढाल बनाउन खोजेको कुरा नेता शेखरले दोहर्याएका थिए । उनले गिरिजाप्रशाद कोईराला नभएको भए शान्ति प्रक्रिया कता जान्थ्यो र के हुन्थ्यो भन्ने कुरा भन्न अतेन्तै गाह्रो रहेको तर्क गरे ।
गिरिजाबाबु निर्भिक नेता भएको भन्दै उनले एक पटक अठोट र निर्णय गरेपछि कहिलै त्यो निर्णयवाट व्याक नहुने दृढ विश्वासी नेताको रुपमा स्मरण गरेका थिए ।गिरिजावाबुले पार्टीको विधानमा रहेको संवैधानिक राजतन्त्रको बारेमा पटक÷पटक राजासंग कुरागर्दापनि राजाले धोका दिएका कारण लोकतन्त्र र राजसंस्था संगै चल्न नसक्ने कुरा हुन भन्ने यकिन पछि मात्रै गरेर अगाडि बढेको धारणा राखे ।