२०७८ असार ४ गते शुक्रवार

ओली नेतृत्वको सरकार राजनीतिक र नैतिक रुपमा पतन – गगन थापा


दाङ,१२ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले बर्तमान सरकार नैतिक रुपमा सरकार चलाउन योग्य नरहेको बताका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन दाङले घोराहीमा आयोजना गरेको शान्ति प्रक्रिायामा गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठिलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका थापाले बर्तमान केपी शर्मा ओलीको नेतृत्वको सरकार राजनीतिक र नैतिक रुपमा पतन भएको बताए ।

उनले प्रधानमन्त्री ओली सरकार चलाउन अयोग्य रहेको भन्दै राजिनामा माग गरे । ‘प्रधानमन्त्रीले दुई महिना अघि नै टेप रेकर्ड सुनेर यो घट्नालाई ढाठछोप गर्न खोजेका हुन भने, उनी राजनीतिसँगै नैतिक रुपमा पतन भैसकेका छन’,थापाले भने,‘राजनीति र नैतिक रुपमा पतन भएका व्यक्तिले सरकार चलाउन हुदैन, राजिनामा दिनुपर्छ ।’

नेता थापाले अहिलेको संविधान र व्यवस्थाको जगको आधारसिला गिरिजाप्रसाद कोइराला भएको बताएका थिए । गिरिजाप्रसाद कोइरालाको ठूलो योगदानबाट प्राप्त भएको संविधान र व्यवस्थालाई जोगाई राख्न अहिले नेकपाको सरकारका कारण ठुलो चुनौती थपिएको उनले बताए ।

‘वर्तमान सरकारका कारण अहिलेको संविधान र व्यवस्था खतरामा रहेको छ’,नेता थापाले भने,‘यो संविधान र व्यवस्था जोगाउने कांग्रेसको प्रमुख दायित्व हो ।’

त्यसका लागि काँग्रेसले सशक्त रुपमा आवाज उठाउन जरुरी रहेको उनले बताए । काँग्रेसले संसदमा सशक्त रुपमा आवाज उठाउन नसकेको आज जनतामा गुनासो रहेको भन्दै उनले पार्टी नेतृत्वले त्यसका लागि भुमिका खेल्नुपर्ने धारणा राखे । कतिपय सवालमा प्रमुख प्रतिपक्ष दल भएरपनि सरकार कै एजेण्डामा काँग्रेस बोल्ने गरेको भन्दै उनले असन्तुष्टि पोखे ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *