२०७८ बैशाख २५ गते शनिवार

उदय जिएम भए प्रगतिशिल पत्रकार संघको केन्द्रीय अध्यक्ष


दाङ,फागुन १० । प्रगतिशिल पत्रकार संघ नेपालको अध्यक्षमा दाङका उदय जिएम मनोनित गरिएका छन् । संघको राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जिएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ।

शनिबार संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा भएको बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो।

संघको बैठकले पुरानो समिति भंग गर्दै उदय जिएमको अध्यक्षतामा श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहेको आयोजक समिति गठन गरेको छ ।

१९ सदस्यय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरी, विद्यानाथ अधिकारी, गोपाल बराइली, श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहेका छन् । आगामी चैत ६ गते काठमाडौंमा आयोजक समितिको बैठक गरेर सम्मेलनको मिति र समय तय गरिने सचिव श्यामलाल पोखरेले जानकारी दिएका छन् ।

जिएम यसअघि प्रगतिशिल पत्रकार संघको महासचिव थिए । जिएम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवपनि हुन । लामो समय दाङबाट पत्रकारिता गर्दै आएका जिएम दैनिक अनलाइनको प्रधानसम्पादक छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *