२०८१ भाद्र २७ गते बिहिवार

विजौरी उवासंघको निर्वाचनको परिणाम सार्वजनिक प्रजातान्त्रिक प्यानलाई बहुमत


विजौरी, फागुन ९ । विजौरी उद्योग बाणिज्य संघको नेतृत्व चुन्न विहीवार भएको निर्वाचनको मत परिनाम सार्वजनिक भएको छ ।शुक्रवार विहान सार्वजनिक मत परिनाम अनुसार अध्यक्ष, सचिव र दुई सदस्य बामपन्थी प्यानलले जितेपनि अरु सबै पदहरुमा प्रजातान्त्रिक प्यानलले जितेको छ ।

अध्यक्षमा बामपन्थी प्यानलका प्रेमनाथ योगी १ सय ७७ मत प्राप्त गरि विजयी भएका छन् ।
उनका प्रतिस्पर्धिहरु स्वतन्त्र उम्मेदवार लेखनाथ खत्रीले १ सय ३० र प्रजातान्त्रिक प्यानका अध्यक्ष पदका उम्मेदवार विरेन्द्र खड्काले १ सय २२ मत प्राप्त गरेका छन् ।

संघकोख बाणिज्य उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका दुर्गा बस्नेत निर्वाचित भएका छन् । बस्नेतले २ सय ५४ मत प्राप्त गर्दा प्रतिस्पर्धी बामपन्थी प्यानलका पुर्णबहादुर डाँगीले आधा भन्दा कम १ सय ५१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उद्योग उपाध्यक्षमा पनि प्रजातान्त्रिक प्यानलकै बालकृष्ण रेग्मी विजयी भएका छन् । रेग्मीले २ सय ४० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बामपन्थी प्यानलका रामबहादुर डाँगीले १ सय ७१ मत मात्रै प्राप्त गर्न सके ।

संघको महासचिव पदमापनि प्रजातान्त्रिक प्यानलकै विदुर गौतम निर्वाचित भएका छन् । गौतमले २ सय १९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दुर्गाबहादुर विकले १ सय ९४ मत प्राप्त गर्न सके ।

संघको कोषाध्यक्षमापनि प्रजातान्त्रिक प्यानलका चित्रबहादुर खड्का २ सय ३९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी बामपन्थी प्यानलका च्यवन उपाध्यायले १ सय ६७ मत मात्रै प्राप्त गर्न सके ।
संघको सचिवमा बामपन्थी प्यानलका यज्ञबहादुर पुन २ सय १६ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका दिपककुमार बस्नेतले १ सय ९३ मत प्राप्त गरे छन ।

मत परिनाम अनुसार संघको महिला सदस्यमा प्रजातान्त्रिक प्यानलका ईवाकुमारी लामिछानेले २ सय १९ मत प्राप्त गरि विजयी भएकी छन् । अन्य सदस्यहरुमा प्रजातान्त्रिक प्यानलका शिवराज खत्री,रेश्मिराज खड्का,डिल्लीबहादुर खत्री र कर्ण बहादुर वली विजयी भएका छन् ।

त्यस्तै उद्योग सदस्यमा बामपन्थी प्यानलका खिमबहादुर विक २ सय १५ मत प्राप्त गरि विजयी भएका छन् । सदस्यमा विजयी भएका गोविन्दबहादुर रोका र प्रेमबहादुर विकपनि बामपन्थी प्यानलकै हुन ।

प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *