२०८० चैत्र १६ गते शुक्रवार

प्रदेश एक्स्पो भव्य वनाउने वारे छलफल


तुलसीपुर,फागुन ७ । प्रदेश नम्वर ५ ले फागुन १० देखि १२ गतेसम्म गर्न लागेको प्रदेश एक्स्पोलाई भव्य वनाउन तुलसीपुर उपमहानगरपालिकाले छलफल गरेको छ ।उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न क्षेत्रका सरोकारवाला निकायसंग छलफल बुधवार छलफल गरेका छन् ।

उनले विभिन्न यातायात समितिका पदाधिकारीहरुलाई भाडामा सहुलियत दिनु तथा सहज यातायातको पहुँच पुर्याउन आग्रह गरेका छन् ।

जवाफमा त्रिसिद्धेश्वरी राप्ती प्रालिका अध्यक्ष सुरेश हमालले यातायात व्यवस्थापनका लागि सबै समितिसंग सहकार्य गर्ने तथा एक्स्पोलाई मध्यनजर गरेर भाडामा समेत हेरफेर गरिने बताए ।

ट्राफिकहरुसँग पनि छलफल भएको छ । ट्राफिकहरुलाई जनशक्ति व्यवस्थापन गरेर सडक व्यवस्थित गराउन नगर प्रमुखले निर्देशन दिएका छन् ।

ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख नन्दकुमार पोख्रेलले त्यसको चिन्ता नगर्न आग्रह गरे । उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिले वन उद्यमका वारेमा वृहत कार्यशाला गर्ने त्यसअवसरमा जानकारी गराएको छ । जिल्ला वन कार्यालय, सामुदायिक वन , पारिवारीक तथा निजी वन लगायतको संलग्नतामा कार्यशाला गरिने समितिका संयोजक नवराज लामिछानेले वताए ।

उपमहानगरपालिका शिक्षा शाखाले एक्स्पोमा विभिन्न आकर्षक झाँकी प्रस्तुत गर्नका लािग विद्यालयहरुलाई निर्देशन समेत दिएको छ । तुलसीपुरको संस्कृति सवैतिर फैलाउनका लागि महोत्सव निकै महत्वपूर्ण अवसर भएको भन्दै शिक्षा समिति संयोजक देवराज विकले विभिन्न विद्यालयहरुलाई निर्देशन दिएको बताएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *