२०७७ फाल्गुन १९ गते बुधवार

प्रजातन्त्र दिवसमा नेविसंघको दीपावली


तुलसीपुर, फागुन ७ । ७०औं प्रजातन्त्र दिवसको अवसरमा राप्ती बबई क्याम्पसन नेपाल विद्यार्थी संघ इकाई समितिले तुलसीपुरमा बुधवार दीपावली गरेको छ । तुलसीपुरको बीपी चोकमा दीपावली पछि आयोजिक कोणसभा नेविसंघ क्याम्पस इकाई सभापति कैलाश चन्दको अध्यक्षता र दाङको निर्वाचन क्षेत्र नं. ३ (क)का नेपाली काँग्रेस सभापति घनश्याम ढकालको प्रमुख आथित्यमा भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष समेत रहेका ढकालले कम्युनिष्टको सरकारले प्रजातन्त्रमाथि धावा बोल्न थालेको हुँदा सजग हुने वेला आएको बताए ।

नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीले नेकपाको सरकार अधिनायकवाद लाद्न तल्लिन रहेको भन्दै फेरि प्रजातन्त्रको रक्षाको लागि तरुण युवाहरु उठ्नुपर्ने समय आएको तर्क गरे ।

कार्यक्रमलाई नेविसंघ दाङका सहसचिव जितेन्द्रप्रकाश वली, दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष खेमराज विक लगाएतले सम्वोधन गरेका हुन । नेविसंघका रेशम खरालको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण नेविसंघ राप्ती बबई क्याम्पसका इकाई सचिव रोहित देवकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *