२०८१ असोज ५ गते शनिवार

प्रदेश एक्स्पोको तयारी तीव्र, बेलझुण्डीमा विद्यार्थीलाई नृत्यको रिर्हसल

विजौरी, फागुन ७ । दाङ तुलसीपुरस्थित बेलझुण्डी रंगशालाको मैदानमा हुन गइरहेको प्रदेश एक्स्पोको तयारी तीव्र पारिएको छ ।प्रदेश सरकारले फागुन १० गतेदेखि १२ गते ३ दिन सम्म एक्स्पो गर्ने तयारी स्वरुप मञ्च तथा स्टल निर्माण लगाएका कामहरु धमाधम गरिरहेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले एक्स्पोको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको फरककोणलाई बताए । एक्स्पो हुने स्थानमा स्वागत गेट तथा मञ्च निर्माणको काम नेपाली सेना र प्रहरीले गर्दै आएको छ । ‘एक्स्पोको तयारी अन्तिम चरणमा छ, गेटहरु निर्माणका भइरहेको छ,’ प्रजिअ रिजालले भने ‘ मञ्च निर्माणको काम संभवत भोलिसम्म सकिने छ।’

त्यसका साथै सरकारी कार्यालयहरुका लागि ५० वटा जति स्टल निर्माण गर्ने कार्यको जिम्मापनि नेपाली सेनालाई प्रदान गरिएको प्रजिअ रिजालले जानकारी दिए । विहीवार सम्म ती स्टल निर्माणको कामपनि पुरा हुने उनले आशा व्यक्त गरे ।

निजी क्षेत्रको लागि आवश्यक स्टलहरु निर्माण गर्ने जिम्मा भने निजी क्षेत्रलाई प्रदान गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ को संमन्वयमा झन्डै तीन सय जति स्टलहरु निर्माण गर्न लागिएको छ ।

विजौरी रंगशालामा स्टल निर्माण तथा बुकिङको काममा खटिएका तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले हालसम्म २ सय जति स्टलहरु बुक भइसकेको जानकारी दिए ।

यद्यपी उनले बुधवार बुधवार दिउँसोसम्म जम्मा एक दर्जन जतिले मात्रै रसिद काटेको र त्यसवाट ४० जति रकम मात्रै जम्मा भएको उनले बताए ।

स्टल बुकिङ गर्न चाहाने वित्तिय संघ संस्था र विद्यलयहरुले ३ हजार,डिलरहरुको लागि ३ हजार ५ सय र होटेलहरुलाई ७ हजार, सिमेन्ट उद्योग जस्ता उद्योगहरुलाई १० हजार प्रति स्टल बुकिङको व्यवस्था गरिएको संघका महासचिव खत्रीले जानकारी दिए ।

प्रदेश सरकार स्थापना भएको २ वर्ष पुरा भएको अवसर पारेर प्रदेश नम्बर ५ सरकारले प्रदेश एक्स्पो मुख्य मन्त्री शंकर पोखरेलकै गाउँमा आयोजना गर्न लागेको छ ।

जसको उदेश्य प्रदेश सरकारले हालसम्म गरेका गतिविधिवारे जानकारी दिनु तथा नयाँ संभावनाहरुको खोजी गर्नु रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यसअघिकधा पत्रकार सम्मेलनहरुमा जानकारी दिएका छन् । मन्त्री केसीले यसअघि स्टलहरुको पैंशा नलाग्ने बताएका थिए ।

प्रदेश सरकारले यो एक्स्पो आयोजना गर्न ५० लाख बजेट छुट्याएको केसीले बताएका थिए । विजौरी रंगशालामा त्यसैको तयारी स्वरुप घोराही र तुलसीपुर क्षेत्रका आधा दर्जन वढी विद्यालयका विद्यार्थीलाई स्वागतको लागि नृत्यको रिहर्सल गराउँदै आइएको छ ।

एक्स्पोमा प्रदेशका सबै स्थानीय तहको सहभागिता हुने र झन्डै २ सय जति झाँकी जुलुस आउने अनुमान गर्नु भएको छ ।

एक्स्पो वारे जानकारी दिन भन्दै हालसम्म प्रदेश सरकारले दाङमा झन्डै एक महिनाको अवधिमा ५ पटक पत्रकार सम्मेलन गरिसकेको छ । निकै तामझाम र चर्चा परिचर्चाका साथ आयोजना गर्न लागिएको एक्स्पोलाई कतिपय आलोचकले औचित्यहिन भन्न थालेका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *