२०८१ बैशाख ७ गते शुक्रवार

विजौरीमा मध्यरातमा गाडिमा आगजनी


दाङ,फागुन ७ । विजौरीमा मध्यरातमा अज्ञात समुहले एउटा गाडिमा आगजनी गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरी बजार निवासी प्रेमनाथ योगीको बा १९ च १७६४ नम्वरको गाडिमा आगजगनी गरेको छ ।

डिजेल छर्केर गरिएको आगजनीवाट गाडिको पछाडिको एउटा टायरमा क्षति पुगेको प्रहरीले बताएको छ । रातको १२ बजेतिर टायर पड्केको सुनेपछि उठेर हेर्दा आगो लागेको देखेपछि निभाएको योगीले बताएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनावारे अनुसन्धान भइरहेको बताएको छ । योगीका बुवा रामबहादुर योगी वडा नं. १९ का वडाध्यक्ष हुन ।

उनी विजौरी उद्योग वाणिज्य संघको (भोलि)विहीवार हुन लागेको निर्वाचनको बामपन्थी प्यानलको नेतृत्व गर्दै अध्यक्ष पदमा चुनाव लडेका छन् । उद्योग वाणिज्य संघको नेतृत्वको लागि नेपाली काँग्रेस निकट प्रजातान्त्रिक प्यानल विरेन्द्र खड्काको नेतृत्वमा निर्वाचनमा होमिएको छ । वामपन्थी प्यानलबाट उद्योग उपाध्यक्ष लेखनाथ खत्री स्वतन्त्र रुपमा प्रतिपर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *