२०८१ बैशाख ७ गते शुक्रवार

मुस्कानसहितको सेवा वारे तुलसीपुरमा अन्तरक्रिया


तुलसीपुर,फागुन ६ । तुलसीपुरका केशव भण्डारीले गाडी चलाउन थालेको वर्षाै भइसक्यो । उनले गाडीमा चढ्ने सबै यात्रुलाई सम्मानजनक रुपले वोलाउने गर्दछन् । तर उनका स्टाफहरुको व्यवहार फरक हुन्छ । ‘जति सभ्य भाषा वोल्न सिकाउँदा पनि मान्दैनन्।’ भण्डारीले भने । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक गाडी, होटेल र विभिन्न पर्यटन सम्वद्ध व्यवसायमा काम गर्नेहरुका लागि मंगलवार आयोजना गरेको अभिमुखीकरण तालिममा उनले त्यो बताएका हुन ।

नमस्ते राप्ती प्रालिका कार्यालय प्रमुख सुशिल वुढाथोकीले पनि गाडी स्टाफले यात्रुहरुलाई प्रयोग गर्ने भाषा सैलि पहिलेको तुलनामा धेरै सुधार भएतापनि अपेक्षा अनुसार सुधार हुन नसकेको स्वीकार गरे ।

गाडीमा काम गर्नेहरुलाई गलत दृष्टिकोणले नहेर्न उनले आग्रह पनि गरे ।कार्यक्रममा तुलसीपुर डिलक्स प्रालिका जितवहादुर खड्काले यातायात क्षेत्रमा विस्तारै सुधार हुँदै गइरहेको भएपनि अझैं थप मर्यादित वनाउन आवश्यक रहेको तर्क गरे ।

‘हामीले मुस्कान सहितको सेवा दिनका अत्यन्त आवश्यक छ,’ खड्काले भने ‘तुलसीपुरमा आउने यात्रुहरुलाई फरक अनुभुति दिन प्रालिका तर्फबाट निरन्तर पहल गरिरहेका छौंंं।’ पर्यटन प्रवद्र्धनका लागि तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको घुम्न जाउँ तुलसीपुर अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने यातायात, होटेल, होमस्टे लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुले कसरी मुस्कान सहितको सेवा दिने भन्ने वारेमा छलफल भएको कुमाल गाउँ होमस्टेकी विपना कुमालले वताइन् ।

कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले असल व्यवहारबाट मान्छेको मन जित्न सकिने भन्दै तुलसीपुर आउने हरेक मान्छेलाई नम्र व्यवहार देखाउन आग्रह गरे । उनले व्यवहार सुधारका लागि उपमहानगरपालिकाले निरन्तर प्रयास गरिरहेको समेत वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व कार्यकारी निर्देशक रमेश अधिकारीले अरुबाट राम्रो व्यवहार पाउन आफुले पनि सोही अनुसार व्यवहार गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले गाडी र होटल मात्रै डिलक्स भएर नहुने भन्दै व्यवहार पनि सोही अनुसार हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रमको सहजिकरण पर्यटन शाखाकी यशोदा वलीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *