
तस्बिर : डिल्ली मल्लको फेसबुकबाट
काठमान्डौं, फागुन ५ । पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुटेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले महरालाई सोमवार सफाइ दिएको हो। फैसला सुन्न महरा आफै अदालत पुगेका थिए। त्यसपछि उनी डिल्लीबजार कारागार पुगेका थिए। लगतै उनी रिहा भएका हुन । कारागारबाट बाहिरिदा उनले कुनैपनि प्रतिक्रिया दिएनन्।
महराको स्वागतमा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरू स्वगतका लागि कारागार पुगेका थिए । उनीहरुले महरालाई खादा र अभिर लगाई स्वागत गरेका थिए ।
गत असोज १२ गते संसद सचिवालयकी एक कर्मचारीलाई मदिरा सेवन पछि जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको हो ।
प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार