काठमान्डौं,फागुन ५ । पूर्व उपसभामुख शिवामाया तुम्वाहाङ्फे सोमवार मन्त्री बन्ने भएकी छन् ।साढे ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्वाहाङ्फेलाई राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराउने भएका छन् ।
उनलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । उनले उपसभामुख पदबाट राजिनामा दिएर अग्निप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी थिइन ।
गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो।
प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार