२०७८ असार ९ गते बुधवार

महराको मुद्दा हेर्दाहेर्दैमा


काठमान्डौं,फागुन ४ । पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा काठमाडौं जिल्ला अदालतले हेर्दाहेर्दैमा राखेको छ। समय अभावका कारण आइतबार फैसला हुन नसकेको हो । हेर्दाहेर्दैमा राखिएको मुद्दा फैसला सोमवार आउने संभावना रहेको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाबारे पक्षरविपक्षमा बहस भएको थियो।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *