२०८१ बैशाख ६ गते बिहिवार

घनश्याम पाण्डे सम्मानित


तुलसीपुर,फागुन २ । तुलसीपुर उपमहानगरपालिका मुलुक भरकै उत्कृष्ट आयोजना सम्पन्न गर्ने स्थानीय निकायका रुपमा सम्मानित भएको छ । नगर विकास कोषको ३२औं वार्षिकोत्सवका अवसरमा काठमाडौमा आयोजना गरिएको कार्यक्रममा सूचना मन्त्री गोकुल बास्कोटाले नगर प्रमुख घनश्याम पाण्डेलाई सम्मान गरेका हुन ।

नगर विकास कोषको ऋण सहयोगमा मुलुकभर निर्माण भएका विभिन्न १ हजार बढी आयोजनामा तुलसीपुर आधुनिक वसपार्क उत्कृष्ट आयोजना भएको हुँदा सम्मान प्रेस संयोजक वशन्त आचार्यले जानकारी दिए ।

आयोजनाको अवस्था,काम सम्पन्नको अवधि, आयोजनाको प्रतिफल लगाएतका विविध विषयमा आधारित रहेर आयोजनाको मुल्यांकन गरिएको कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले बताए । उनले तुलसीपुर उपमहानगरसंग मिलेर तत्काल अन्य योजना पनि अगाडि बढाउन लागेको जानकारी दिए । यो बर्षपनी केही नया योजना सञ्चालन हुने मिश्रले बताए ।

उपमहानगरपालिकासंग मिलेर नगर विकाष कोषले करिव १० करोड लागतमा बसपार्क निर्माण भएको हो । बसपार्कको पहिलो चरणको काम पुरा भएपनि बाँकी चरणको काम पनि तत्काल अगाडि बढ्ने नगर प्रमुख पान्डेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बास्कोटाले तुलसीपुरको नमुना कामले अरुलाइ पनि उत्प्रेरित गरेको बताए । उनले कोषलाई थप प्रभावकारी बनाउनका लागि विकास निगम गठनको काम अगाडि बढेको बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *