सल्यान, फागुन २ । नेकपा निकट नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानले शिक्षकहरुका लागि प्रशिक्षण चलाएको छ । जिलाका १० वटै स्थानिय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णयानुसार हाल सम्म ५ स्थानिय तहमा कार्यक्रम सकिएको संगठनले जनाएको छ । शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कालिमाटी र कपुरकोट गाउंपालिकामा प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको संगठनका जिल्ला अध्यक्ष किशोर कुमार हमालले जनकारी दिए ।
अब बांकी स्थानिय तहहरुमा कार्यक्रम गरिने उनले जनाए । शुक्रबार कपुरकोटको कार्यक्रममा ६ जना शिक्षक नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छ्न । शिक्षक संघ परित्याग गरेर खिम ब बुढा, रेशम घर्ती, इन्दु राना, यज्ञ बहादुर खड्का, कमान सिंह महतारा र मालती राना संगठनमा प्रवेश गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य तथा कपुरकोट गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले पेशागत हक हित र शैक्षिक प्रगतिका लागि शिक्षणकहरु एक जुट हुनुपर्नेमा जोड दिए । चलायमान र फैलदो अवस्थामा रहेको संगठन देखेर आफू निकै खुसी रहेको उनले बताए ।
शिक्षकहरुको हक हित र शैक्षिक सुधारमा स्थानिय सरकार मरिमेटेर लागिपरेको अध्यक्ष सेनले बताए । शैक्षिक गुणस्तर वृद्धिका लागि खटेर लाग्न निर्देशन दिदै उनले जिम्मेवारिबाट हटेर अन्य गतिबिधिमा लाग्ने शिक्षकहरुलाइ स्थानिय सरकारले छुट नदिने बताए ।
यस्तै कपुरकोट गाउंपालिका उपाध्यक्ष तिला बुढा मगर, नेकपा जिल्ला कमिटी सदस्य तथा कपुरकोटका अध्यक्ष घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य ओम बहादुर बुढा, शिक्षक महासंघ कर्णालीका उपाध्यक्ष मधुसुदन शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका इन्चार्ज चक्रपानी गौतम, संघका जिल्ला अध्यक्ष किशोर कुमार हमाल, नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मदुसुधन गिरि लगाएतले मन्तव्य राख्दै शिक्षकहरु देश र समाज प्रतिको दायित्वलाइ आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका सह कोषाध्यक्ष हिमा डांगिले महिला शिक्षकका हक हितका सवालमा केन्द्रीय समितिले पहल गरिरहेको तथा आवाज उठाइरहेको जानकारी गराएकी थिइन । सुत्केरी बिदा १ सय ३५ दिन पुर्याउनु पर्ने, सुत्केरी हुदा सट्टा शिक्षकको व्यवस्था हुनुपर्ने जस्ता माग राखिरहेको तथा छाउपडी प्रथा विरुद्ध चेतनामुलक कार्यक्रम संगठनले चलाइरहेको जानकारी गराएकी थिइन ।
शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल बहादुर नेपालिले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कर्णविर खत्रीले गरेका थिए ।