२०८२ असार ३० गते मङ्गलवार

चलचित्र बुझेकै व्यक्ति बोर्ड अध्यक्ष बन्छ : सांसद ओली


शिव पुन,
दाङ, माघ २०। हाल रिक्त नेपाल राष्ट्रिय चलचित्र विकास बोर्ड अध्यक्षको बागडोर अब कसले सम्हाल्ला,अहिलेको राष्ट्रिय बहसको विषय बनेकै बेला कलाकार एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले बोर्डमा आउनका लागी धेरैले आकांक्षा देखाएपनी अध्यक्ष भने चलचित्र क्षेत्रलाई बुझेको तथा विकास बोर्डलाई हाक्न सक्ने व्यक्ति नै चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दाबी गरेकी छिन्।

सांसद ओलीले तुलसीपुरमा चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल सरकारले विकास बोर्ड अध्यक्ष छनोटको प्रक्रिया अगाडि बढाइसकेकाले अबको केहि दिनमै बोर्डले अध्यक्ष पाउने समेत बताइन्।

अहिले महानायक राजेश हमाल,नायक एवं निर्माता भुवन केसी,वरिष्ठ निर्देशक तथा हालका विकास बोर्ड सदस्य दयाराम दाहाल,निर्देशक केपी पाठक,कलाकार नवल खड्का लगाएतको नाम भावी अध्यक्षको लाइनमा रहेको चर्चा छ तर अलि बढी चर्चा चाहिँ दयाराम दाहाल र भुवन केसी को नै रहेको छ,कतिपय फिल्मकर्मीले त यी दुई पात्र मध्ये एक नै भावी अध्यक्ष हुने सम्मको ठोकुवा गर्छन्।

चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षता भएको कार्यक्रममा कलाकार तथा सांसद कोमल ओलीले संसदबाट राष्ट्रिय चलचित्र नीति पास भयो भने कलाकार तथा चलचित्रकर्मीको हकहित एवं समग्र चलचित्र क्षेत्रको विकासका लागि थुप्रै काम गर्न सकिने कुरामा समेत जोड दिइन्। चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष के.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *