तुलसीपुर, माघ १० । तुलसीपुर उद्योग वाणिज्य संघले दोघरेमा निर्माण गरेको बहुउदेश्य सभाहलको भुक्तानी हुन बाँकी रकमको जोहो गर्न महोत्सव लगाइएको हो ।
महोत्सव सुरु हुनुभन्दा पहिला निकालिएको शोभा यात्रामा सहभागि विद्यार्थीहरुले पनि टरिगाउँ एयरपोर्टको विस्तार र इन्धन डिपोको स्थापनाको माग गर्दै नारावाजी गरेका थिए ।
उनीहरुले हामी कहिले ठूला विमानमा चढ्न पाउँछौं, एयरपोर्टको धावन मार्ग विस्तार गर्नु पर्छ भन्ने खालका नारा लेखेका प्लेकार्ड बोकेको थिए । सार्वजनिक रुपमा यसरी एरपोर्ट विस्तारको माग गर्दै सडकमा नारावाजी र प्लेकार्ड प्रर्दशन भएको दाङमा यो नै पहिलो पटक हो । महोत्सव २० गते सम्म चल्ने छ ।
प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रवार