२०८३ असोज २९ गते बिहिवार

मोटरसाईलक दुर्घटनामा एक महिलाको मृत्यु

दाङ,पुस १८ । मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा माइती घर भएकी २४ बर्षीया पवित्रा डाँगीको मृत्यु भएको छ ।

डाँगी हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक डम्मरबहादुर पालका अनुसार विहीवार बेलुका सवा ८ बजेतिरघोराहीवाट  तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ८४२ नम्वरको मोटरसाईलक तुलसीपुरको बेलझुन्डिमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइतेभएकी थिइन ।

उनको उपचारको क्रममा राप्ती लाईभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको प्रहरी प्रबक्ता पालले जानकारी दिए ।स्रोतका अनुसार मृतक पवित्राका पति विदेशमा रहेको खुल्न आएको छ ।

मोटरसाईकल चालक तुलसीपुर ९ बेलुवा निवासी ४८ बर्षीय  कुलबहादुर डाँगी सामान्ने घाइते भएका छन् । घाइते डाँगीलाईअनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यो खवर तयार पार्दै गर्दा मृतकको शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिकअस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७६ पुष १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *