२०८१ मङ्सिर १७ गते सोमवार

सुनाखरी तुलसीपुर सिकाई मेलाको तयारी तिब्र


यमकला भुसाल,
तुलसीपुर,पुस ७ ।सुनाखरी तुलसीपुर सिकाई मेलाको तयारी तिब्र पारिएको छ । सोमवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि पुस ११ गते तुलसीपुर उपमहानगरपालिका वडा नं २ स्थित मावी बालापुरमा हुन लागेको उक्त मेलाको तयारी तिब्र पारिएको सुनाखरी तुलसीपुर सिकाई मेला मुल आयोजक समितिका संयोजक सुर्वणकुमार लामिछानेले जानकारी दिए ।

शैक्षिक मेलाको माध्यमबाट सिक्ने र सिकाउने प्रयोगात्मक बिधिलाई सवलीकरण गर्दै बलियो शैक्षिक सञ्जाल निर्माण गरी बिद्यार्थी र शिक्षकलाई सिक्ने सिकाउने प्रक्रियामा सहभागी हुन खुल्ला अवसर प्रदान गर्ने,दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग पु¥याउने मुख्य उद्देश्यले सिकाई मेलाको आयोजना गरिएको उनले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाका टिच फर नेपालसगं सहकार्य गरिरहेका ९ वटा सामुदायीक विद्यालय (मा.वि बालापुर,मा.वि जनजागृति,मा.वि पातुबनगाँउ,मा.वि कालाखोला,अम्बेश्वरी मा.वि अम्बापुर,नवजागरण मा.वि कुटेचौर,जनज्योती मा.वि रनियापुर,मा.वि भित्रिसक्राम,पशुपति मा.वि हरिपौरी र सरस्वती मा.वि दमारगाँउ) को सयुक्त आयोजना एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा सिकाई मेला हुन लागेको बताए ।

प्रदेश नम्वर ५ मा पहिलो पटक पश्चिम दाङका सामुदायीक बिद्यालय बालापुरमा सुनाखरी सिकाई मेला सञ्चालन गर्न लागिएको उनको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडाका ९ वटा बिद्यालय आयोजक र उपमहानगरपालिका भित्रका १ सय ३९ वटा सामुदायिक तथा नीजि बिद्यालयको उक्त शैक्षिक मेलामा सहभागीता रहने मुल आयोजक समितिले जनाएको छ ।

साँढे ३ लाख खर्चको लागत अनुमान गरीएको मेलामा ५५ वटा शैक्षिक स्टल निर्माण गरिने छ । ती स्टलमा दिगो बिकास लक्ष्यका सुचक,बिद्यार्थीहरुले बनाएका सामाग्री,कलेज बिफ्रिङ,बित्तिय संस्थाको जानकारी लगायत सांस्कृतीक कार्यक्रम र प्यानल डिस्कर्सन कार्यक्रम गरिने मुल आयोजक समितिका सदस्य सुर्य बस्नेतले जानकारी दिए ।

त्यस्तै सिकाई मेलामा विभिन्न विषयमा क्रियाकलात्मक परियोजनाहरुको प्रर्दशन,विभिन्न गित,संगित,नृत्य र नाटक प्रस्तुती,उच्च शिक्षाको जानकारीका लागी खेल स्टलको व्यवस्था,बिज्ञ व्यक्तीहरुद्धारा उत्कृष्ट शिक्षण क्रियाकलाप र विभिन्न अभ्यास सम्बन्धी कार्यशाला सञ्चालन लगाएतका क्रियाकलापहरु गरिने छ । मेलामा ५ सय जना विद्यार्थीलाई शैक्षिक अबलोकन गराउने लक्ष्य राखिएको छ ।

मेलालाई सफल पार्न मुल समितीले १७ वटा उपसमिति गठन पनि गरिएको छ भने विभिन्न रेडियो पत्रपत्रिकाबाट प्रचारप्रसारलाई पनि तिब्र पारिएको छ । सुनाखरी सिकाई मेलालाई सम्बोधन गर्न राष्ट्रिय गानका रचैता ब्याकुल माइला आउन लागेको मुल आयोजक समितिले जानकारी दिएको छ ।

साथै पुष ११ गते हुन लागेको सिकाई मेलामा उपस्थितीका लागी तुलसीपुर उपमहानगरपालिकाका टिच फर नेपालसगं सहकार्य गरिरहेको ९ वटा सामुदायीक विद्यालयहरु,अन्य सामुदायीक र सस्थागत विदालय १ सय ३९ वटा विद्यालयहरु,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख लगाएत सम्पुर्ण जनप्रतिनिधि,शिक्षामहाशाखा कर्मचारी,९ वठा विद्यालयका प्रध्यानाध्यापक,विद्यालय व्यवस्थापन समिति अध्यक्ष,विद्यार्थीहरु,शिक्षाविद् अधिकारकर्मी,सञ्चारकर्मी,व्यापारी,बुद्धिजिवी सबैमा आग्रह गरिएको छ ।

साथै उक्त सिकाई मेलामा बिहान ९ बजे देखि ११ः३० सम्म उद्घाटन कार्यक्रम गरिने र ११ः३० देखि दिउँसो ३ बजेसम्म स्टल अनुगमन गरिने सुनाखरी तुलसीपुर सिकार्य मेला मुल आयोजक समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *