
मंसिर २९ । जमैकाकी सुन्दरी टोनी-एन सिंह ले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितेकी छिन् । ६९ औं संस्करणको लण्डनमा भएको समारोहमा जमैकाकी सुन्दरीले ‘मिस वर्ल्ड’ जितेकी हुन् । विश्वका १११ मुलुकका सुन्दरीले ‘मिस वर्ल्ड’प्रतियोगीतामा सहभागीता जनाएका थिए ।
यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।
नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार