राजेश खत्री,
मङ्सिर १३ । दाङमा निर्बाचन क्षेत्र न. ३(ख) मा प्रदेशसभा सदस्य पद र घोराही उपमहानगरपालिका वडा न. १६ मा अध्यक्ष पदको लागि हुन गइरहेको उपनिर्वाचनमा ८२ मतदान केन्द्र तोकिएको छ ।
उपनिर्वाचनको लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत लगाएत सम्पूर्ण कर्मचारी मतदान केन्द्रमा आइपुगेका छन् ।
निर्वाचन हुने अघिल्लो दिन आज कतै मतदाता परिचय पत्र बाँडिदै गरेको, कतै मतदान स्थलमा मतदान केन्द्र बनाउँदै गरेको दृष्यले चुनावी माहोल बढेको देखिएको छ ।
निर्वाचनको सुरक्षाको लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी गरि तीनै तहको सुरक्षा संयन्त्र रहेका छन । उपनिर्वाचनको लागि आवश्यक सम्पूर्ण सामाग्रीका साथै सबै मतदान स्थल तयारी अवस्थामा रहेका छन ।

बबई गाउपालिका खिलतपुरको मतदान स्थल । तस्बिर : राजेश खत्री

बबई गाउपालिका खिलतपुरको मतदान स्थल । तस्बिर : राजेश खत्री

बबई गाउपालिका बबरपुरको मतदान स्थल । तस्बिर : राजेश खत्री

दंगीशरण गाउपलिका श्रीगाउँको मतदान स्थल । तस्बिर : राजेश खत्री