काठमाण्डौ,११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो ।
स्वास्थ्यमा सुधार भएपछि मंगलबारदेखि लगाइएको भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहको जानकारी दिए । प्रधानमन्त्री ओलीको अहिले सघन कक्षमा उपचार भइरहेको छ ।
धानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भैरहेको छ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरले बताएका छन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार