२०८१ फाल्गुन २ गते शुक्रवार

तुलसीपुरको सामुदायिक वनमा एउटा शव फेला

दाङ  । दाङको एउटा सामुदायिक वनमा एउटा पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरास्थित सामुदायिक वनमा अन्दाजी २६ देखि ३० बर्षको जस्तो देखिने एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले शव सडि सकेको अवस्थामा फेला परेको हुँदा ५÷७ दिन पहिलेको हुन सक्ने अनुमान लगाए । बिहीवार दिउँसो वनमा शव फेला परेको भएपनि यो खवर तयार पार्दासम्म मृतकको पहिचान भइ नसकेको जानकारी दिएको छ ।

मृतकको साथवाट साविक तुलसीपुर नगरपालिका वडा नं. १८ को कित्ता नं. ५१ ‘४’ ग उल्लेखित सम्पत्ति कर बुझाएको कागज पनि फेला परेको जानकारी दिइएको छ । उक्त रसिदमा नामबहादुर गौतम भन्ने नाम फेला परेको छ । त्यसवारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *