दाङ,कात्तिक १९ । मंगलवार बेलका ८ बजेसम्म पनि नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाएको आधिकारीक जानकार प्राप्त भएको थिएन । तर त्यो बीचमा नेपाली काँग्रेसका जिल्ला सचिव शंकरप्रशाद डाँगी भने सामाजिक सञ्जालहरुमा भाईरल भइसकेका थिए ।
जिल्लाका दर्जनौं युवाहरुले आफ्ना सामाजिक सञ्जालहरुमा जिल्ला सचिव डाँगीलाई बधाई दिदै विजयको अग्रिम शुभकामना व्यक्त गरिसकेका थिए । बेलुका ४÷५ बजेदेखि नै प्राध्यापक समेत रहेका डाँगीको पक्षमा सामाजिक सञ्जालहरु रंगिन भइसकेका थिए ।
त्यसरी शुभकामना दिनेहरुमा नेपाली काँग्रेस निकटका युवाहरु भन्दा नेकपा निकटका केही युवा तथा पत्रकारहरु समेत थिए । सवा ८ बजेसम्म यो खवर तयार पार्दा समेत नेपाली काँग्रेसले भने दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा प्रदेशसभा सदस्यका लागि कस्लाई टिकेट दिने भन्ने टुङ्गो लगाइसकेको कुरा आधिकारीक रुपमा सार्वजनिक भइसकेको छैन ।
वास्तन मै पाउनु पर्ने वहाँ नै हो ।
खुर्पाछाप कांग्रेसिको बुद्धि पलायो भने