२०८२ असार २७ गते शनिवार

घाईते बसका सहचालकको मृत्यु


दाङ,असोज १८ । घाईते बसका सहचालकको उपचालका क्रममा मृत्यु भएको छ । सहचालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी २२ अरूण चौधरीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यो दुर्घटनामा परेका मध्य ट्रकका चालक प्युठान जिल्लाको सुरमारानी गाउँपालिका वडा नं. ४ बड्डाँडा निवासी २७ बर्षीय विजय गाहाको दुबै खुट्टा फ्याक्चर भएका छन् । उनको शनिवार विहान ७ बजेतिर मात्रै उद्धार संभव भएको हो । दुर्घटना पछि गाडि भित्रै फसेका ट्रकका चालक गाहाको फलाम काटेर मात्रै उद्धार संभव भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । बसका सहचालकलाई भने प्रहरीले विहान ४ बजेतिर नै उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको थियो ।

धनगडीवाट काठमान्डौं तर्फ जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको बस र विपरित दिशावाट आउँदै गरेको ना १ ख ४७९३ को ट्रकलाई शनिवार विहान २ ः ४० बजेतिर पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा एक आपसमा ठोक्किएका थिए । त्यो दुर्घटनामा परि ११ जना घाईते भएका थिए । प्रहरीका अनुसार बसको लापरवाहीले उक्त दुर्घटना भएको थियो । बस रङ साईडमा गएर ट्रकसंग ठोक्किएको हुँदा बसको गल्ती देखिएको प्रहरी निरीक्षक सारुले बताए ।

‘हामीले बसका सहचालकलाई स्टेरीङबाटै घाइते अवस्थामा उद्धार गरेर उपचारको लागि बुटवल पठाएका हौं,’ प्रहरी निरीक्षक सारुले भने । बसका सहचालकलाई विहान ४ बजेतिर नै उद्धार गरेर उपचारका लागि पठाएको भएपनि ट्रकका चालकलाई उद्धार गर्न भने ५ घन्टा जति समय लागेको प्रहरीले बताएको छ ।

ट्रकका चालकलाई फलाम काटेर झन्डै ५ घन्टापछि मात्रै सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको थियो ।
ट्रकका चालकलाई पनि उद्धार पछि उपचारको लागि बुटवल पठाइएको छ ।

उक्त दुर्घटनामा परि बसमा यात्रारत यात्रु कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. १० निवासी १९ वर्षीय प्रिति चौधरी र घोडाघोडी नगरपालिका वडा नं. १ निवासी १७ बर्षीया माया कुमारी उपाध्यायको स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।

दुर्घटनाका अन्य घाइतेहरु भने राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

सहचालकले चलाएको बस दुर्घटनामा पर्यो ,११ जना घाइते

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *