२०८१ असोज २४ गते बिहिवार

सुरक्षित गर्भपतन दिवस : २० वर्ष भन्दा मुनीका किशोरीद्धारा बढी गर्भपतन


यमकला भुसाल,
तुलसीपुर, असोज ११ । शनिवार पाँचौ सुरक्षित गर्भपतन दिवस । नेपालभर विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ । “अबको गन्तव्य,असुरक्षित गर्भपतनको अन्त्य”भन्ने मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पाँचौ सुरक्षित गर्भपतन दिवसकै अवसरमा यौन तथा प्रजन्न स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य महाशाखाका प्रमुख डा.गोर्कण दाहालले पछिल्लो सयम असुरक्षित गर्भपतन गराउनेको सङ्या बढ्दै गइरहेको बताए । उनका अन्ुसार बितेको वर्ष २०७५÷०७६मा तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रबाट गर्भपतन गराउनेको तथ्याङ्क डरलाग्दो छ । बितेको वर्ष मात्र उपमहानगरपालिका क्षेत्र भित्रबाट ३ हजार २ सय ६२ जनाले गर्भपतन गराएको उनले जानकारी दिए ।

जसमध्ये २० वर्ष भन्दा कम उमेरका किशोरीहरुको सङ्या, मेडिकल गर्भपतन वा औषधी खुवाएर ४ सय ० जना र शर्जिकल गर्भपतनबाट २ हजार १ सय १ जना गरि २ हजार ५ सय ९८ जना रहेका छन । त्यसैगरि २० वर्ष भन्दा बढी उमेरका, मेडिकल गर्भपतन वा औषधी खुवाएर ९७ जना र शर्जिकल गर्भपतनबाट ५ सय ७७ जना गरि ६ सय ७४ जना रहेका छन । यस तथ्याङ्क अनुसार गर्भपतन गराउनेहरुमा २० भन्दा कम उमेरका किशोरीहरुको संख्या बढ्दो छ ।

उनले नेपालमा कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारणले हुने गरेको बताए । त्यस्तै विश्वमा प्रत्येक वर्ष ४७ हजार महिलाको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ भने प्रत्येक वर्ष ५० लाख महिला असुरक्षित गर्भपतनको जटिलताले विभिन्न रोगको सिकार बन्दै आइरहेको डां दाहालले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले योजना बिना गर्भधारणा गर्न नहुने बताए । उनले भने,–पछिल्लो समय सुरक्षित गर्भपतनको दुरुपयोग बढिरहेको छ,यसमा सबै सचेत हुन आबश्यक छ ।

कार्यक्रममा ओरेक नेपाल दाङकी जिल्ला सयोजंक ईश्वरी थापाले भनिन,–अस्थायी साधनको प्रयोगको कमीले गर्भ रहन्छ,अविवाहित महिलाको लागी यो मान्य हुदैन,समाजले स्वीकार गर्देन,सामाजिक न्याय नपाएकै कारण अधिकाशं महिलाले गर्भपतन गराउन बाध्य हुँने गरेको देखिन्छ । कार्यक्रममा मेरी स्टोप्स् नेपालका सुसिल खनाल,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सचिव पद्यमा चौधरी,कार्यक्रममा सहभागी नमुना युवा संसद तुलसीपुरका प्रधानमन्त्री टेकराज केसी,सदस्य इसा वलि लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

ओरेक नेपाल दाङका कार्यक्रम सयोजंक दिपा धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गरुवा ग्रामिण जागरण सघं दाङका सयोजंक प्रज्वल धितालले गरेका थिए । उक्त कार्यक्रम महिला पुर्नस्थापना केन्द्र (ओरेक) र ग्रामिण जागरण सघं दाङको सहकार्यमा भएको थियो ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *