दाङ,असोज २ । राप्ती राजमार्ग अन्तरगत अमेलीया–तुलसीपुर सडक खण्डको भञ्ज्याङमा गोली चलेको प्रहरीले पुष्टि गरेको छ । एक राउन्ड गोली चलेको खोका घटनास्थलवाट बरामद भएको छ भने अर्को जंगी राउन्ड (लाईभ बुलेट) समेत फेला परेको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ भञ्ज्याङमा विहीवार दिउँसै साढे १ बजेतिर गोली चलेकोे पुष्टि भएको उनले बताए ।
भारतको रुपैडिया बाट तुलसीपुर तर्फ आउँदै गरेको यूपी ४० एबी ९११ नम्वरको कार बुक गरि आएको समुहले अमेलीया तुलसीपुर सडक खण्डको भञ्ज्याँङमा आँफुलाई लक्षित गरि ताकेर फायर गरेको साहले जानकारी दिएको प्रहरीले बताएको छ । त्यो कार बुक गरेर ल्याउने मध्यका एकजना भारतको नागापुर निवासी ४० बर्षीय मोहमद साहेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारका चालक मेराज अली साहलाई रुपैडिया बाटै संगै गाडी बुक गरेर ल्याउने यी नै साहेव हुन । बाँकेमा आएपछि त्यो कारमा थप तीन जना मधेसी मुलका मानिस पनि चढेर आएका थिए । उनीहरु भने फरार रहेको प्रहरीले बताएको छ । फरारहरुको नाम गोप्य राखिएको छ । प्रहरीले उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।
गोली चलाउने समुहले जंगलमा शौच गर्ने भन्दै गाडी रोक्न लागएर सेल्फी खिच्ने भन्दै गोली फायर गरेर तर्साउन खोजेको जस्तो देखिन आएको प्रहरीले बताएको छ । गोली चलाएपछि उनीहरु गाडि लगेर भागेको र गाडी केही पर जंगलमा लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । गोली फायर गरेर उनीहरुले गाडी चालक मेराज अली साहको साथमा रहेको १५ हजार नगद पनि लुटेर लगेको प्रहरीले जानकारी दिएको छ । भारतको नागापुर निवासी ४० बर्षीय मोहमद साहेव दाङको तुलसीपुरमा व्यापारीले ल्याएको सामानको रकम असुल्न भनि आउन लागेको व्यक्ति रहेको प्रहरीले बताएको छ ।