
दाङ,असोज २ । घोराहीस्थित बबईको पुलदेखि तुलसीपुरको हात्तिखौवा चोक सम्म मात्रै पहिलो चरणमा फोरलेन सडक विस्तार हुने भएको छ । पहिलो खण्डमा घोराही उपमहानगरपािलका वडा नं. ३ को बबई खोलापुलदेखि तुलसीपुरसम्मको ४६ किलोमिटर सडक विस्तारको कामगर्न लागिएको छ । तुलसीपुरको हात्तिखौवा चोकसम्ममात्रै विस्तार हुने छ ।
त्यसदेखि पश्चिम सम्म झन्डै एक किलोमिटर गत सालमात्रै सकड डिभिजनले फोनलेनको सडक विस्तार गरेको थियो । त्यस्तै घोराहीमापनि कटुवाखोलादेखि तुलसीपुर चोकभन्दा केही पश्चिम डेढ किलोमिटर जति सडक सडक डिभिजनले गत सालमात्रै विस्तार गरेको छ । त्यो सडक भने केही चलाइने छैन । फोर लेन सडक विस्तार गर्ने क्रममाबस्ति क्षेत्रलाई प्रभावित नपार्ने गरि योजना बनाइएको इञ्जिनियर हमालले बताए। त्यो बाहेकको सडक खण्डलाई मात्रै हालविस्तारको तयारी गरिएको छ ।

लागत स्टिमेट २ अरव २ करोड ८१ लाख
लमही–घोराही–तुलसीपुर सडक खण्डको सडक विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनेरिङ इन्फापोेजेक्ट प्रालीले पाएको छ । जस्को लागत स्टिमेट २ अरव २ करोड ८१ लाख रहेको छ । टेन्डर भएर गत पुसमा सम्झौंता समेत भइसकेको छ । सन २०१९ जनवरी २८ मा भएको सम्झौंता अनुसार निर्माण कम्पनीले काम सक्नुपर्ने सयम सन २०२१ जुलाई २८ सम्म छ । सम्झौंता अनुसार निर्माण कम्पनीले सडक विस्तारको काम ३६ महिना भित्रै सक्नु पर्ने छ । अझ त्यो समय ३० महिनाको मात्रै भन्दा फरक नपर्ने इञ्जिनियर पारश हमालले बताए ।
निर्माणको जिम्मा पाएको कम्पनीले सम्झौता पहिलो सर्भे सकिसकेको छ । सडक विस्तारको लागि लमहीमा कार्यालय समेत स्थापना भइसकेको छ । दाङको लमहीमा सडक सुधार तथा विस्तार आयोजनाको कार्यालय स्थापना भइ त्यही बाट काम भइरहेको छ।

धमाधम निर्माण सर्भे हुँदै
तुलसीपुर–घोराहीहुदै लमही सडक खण्ड फोरलेनको निर्माण गर्न हाल धमाधम निर्माण सर्भेको काम भइरहेको छ । निर्माण सर्भेको काम सकिए लगतै सडक सुधार तथा विस्तार आयोजनाको कार्यालयले त्यो स्वीकृतिको लागि अर्थमन्त्रालयमा पेश गर्ने छ ।
अर्थमन्त्रालयले त्यसलाई स्वीकृति प्रदान गरेमा लगतै सडक विस्तारको कामले प्राथमिकता पाउने भएको छ । दशैं लगतै सडक विस्तारको काम सुरु हुन सक्ने अनुमान गरिएको छ । सम्झौंता भएको एक महिनाभित्रै निर्माण कम्पनीलाई काम सुरु गर भनेर साईड समेत उपलब्ध गराई सकिएको इञ्जिनियर पारश हमालले बताए ।

५१ प्रतिसत भारतीय निर्माण सामाग्री प्रयोग गर्ने सर्त
भारतीय निर्यात आयात बैंकले सडक विस्तारमा सर्तपनि राखेको छ । उस्को सर्त अनुसार सडक विस्तार गर्दा अनिवार्य रुपमा ५१ प्रतिसत भारतीय निर्माण सामाग्री प्रयोग गर्नुपर्ने छ । त्यसमा उपकरण लगाएका पर्ने छन् । सर्त अनुसार ४९ प्रतिसत स्थानीय निर्माण सामाग्री प्रयोग गर्नु पर्ने अवस्था छ । सर्त अनुसार अर्थमन्त्रालयमा ५१ प्रतिसत मास्टर लिष्ट स्वीकृतिका लागि पत्राचार भइसकोे इञ्जिनियर हमालले जानकारी दिए । अर्थमन्त्रालय बाट स्वीकृति भए लगतै निर्माण कम्पनीले धमाधम काम थाल्ने तयारी गरेको छ।

काम नेपालको शब कन्ट्राक्टरले पनि गर्ने
लमहीदेखि तुलसीपुर सम्मको सडक फोरलेनमा विस्तार गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनेरिङ इन्फाप्रोेजेक्ट प्रालीले पाएको भएपनि उसले नेपालको शव कन्ट्रयाक्टर पनि राखेको छ । शव कन्ट्रयाक्टरको रुपमाकामको जिम्मा कस्लाई प्रदान गरिएको छ भन्ने कुरा हालसम्म गोप्य नै छ।
घोराही–लमही बीचको जंगलमा नयाँ सडकको संभाव्यता अध्यन
घोराही र लमही बीचको जंगल क्षेत्रमा सडक फोरलेनको बनाउन थप केही वर्ष लाग्ने देखिएको छ । अप्ठेरो भूगोलका कारण फोरलेन सडक निर्माण गर्न कठिन हुने भएकोले त्यो बीचको भूगोलमा छुट्टै बैकल्पिक रोडको खोजी गर्ने गरि अध्यनहरु थालिएको इञ्जिनियर हमालले बताएका छन । खोलै खोल अर्कौ नयाँ दुई लेनको सडक खोल्न सकिन्छ कि भनेर संभाव्यता अध्यन भइरहेको उनले बताए ।

जटिल भूगोलमा फोरलेन सडक बनाउन खर्चपनि बढी लाग्ने , वन जंगलको क्षतिपनि धेरै हुने तथा हालको कालेपत्रे सडकलाई भत्काउँदा त्यस खण्डमा यात्रा गर्ने यात्रुलाई पनि मुस्किल पर्ने कुराहरुलाई मध्यनजर गर्दै नयाँ सडकको खोजी भइरहेको हमालले जानकारी दिए । तर त्यो संभाव्यता अध्यन मात्रै भएको हुँदा त्यसै हुन्छ भनेर दाबी गर्नु भने गलत हुने उनले स्पष्ट पारे ।
Shaping people ma gadi ko aawat jawotma rok lagauni garnu parx