
असोज १ । संखुवासभाबाट धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेर जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् ।
जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो ।
जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । अरुण नदि उर्लिएकको र जीप पुरै डुबेकाले कारणले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ ।
प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
