२०८३ जेष्ठ ३१ गते आइतवार

शिब सेना नेपालका अध्यक्ष बस्नेतको टोलीलाई रिहाईको माग

तुलसीपुर, भदौ २९ । हिन्दु राष्ट्र र धर्मको पक्षमा आवाज उठाउदै आएका शिव सेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत सहितको टोलीलाई तत्काल रिहा गर्न सरकारसगं माग गरिएको छ । शिब सेना नेपाल दाङले आइतवार प्रेस विज्ञप्ती जारी गर्दे गत शुक्रवार काठमाडौँको बसन्तपुर देखि इन्द्रजात्रा कार्यक्रमबाट केन्द्रिय अध्यक्ष बस्नेत सहितको टोलीलाई सरकारले बिना कारण पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।

शिव सेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारीको अध्यक्षतामा आइतबार बसेको आकस्मीक बैठकले विना कारण अत्तालिएर केन्द्रिय पदाधिकारीलाई पक्राउ गरेर सरकारले गलत काम गरेको भन्दै प्रेस विज्ञप्ती जारी गरि रिहाईको माग गरिएको शिव सेना नेपाल दाङका वरिष्ठ उपाध्यक्ष अस्तिाभ लामिछानेले जानकारी दिए । साथै उनले सरकारले आफुहरुको मागलाई बेवास्ता गरे कडा भन्दा कडा आन्दोलनमा उत्रन बाध्य हुने समेत चेतावनी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *