२०८२ मङ्सिर २४ गते बुधवार

कपिलबस्तुमा नेपाल शिक्षक संघको क्षमता विकाश तालिम


हेमराज शर्मा,
कपिलबस्तु,भदौ २८ । नेपाल शिक्षक संघ ५ नम्वर प्रदेशको आयोजनामा एक दिने महिला नेतृत्व क्षमता बिकास तथा सशक्तिकरण तालिम शनिवार कपिलबस्तुको गोरुसिंङेमा भएको छ ।शिक्षक संघको नेतृत्वमा रहेका महिलाहरुको पेशागत सशक्तिकण तथा नेतृव बिकासका लागि आयोजित तालिममा नेपाल शिक्षक संघको इतिहास, सांगठनिक अवस्था र शसक्तिकरण, महिला नेतृत्वको चुनौती र अवसर, प्रदेश महासंघले गरेका गतिबिधिका लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा ५ नं. प्रदेश अन्र्तगतका दाङ सहित १२ जिल्लाका चार दर्जन बढी महिला नेतृहरुको सहभागिता रहेको थियो । तालिम लिएका महिला नेतृहरुले अव आ–आफ्नो जिल्लामा गएर तालिम सञ्चालन गर्ने नेपाल शिक्षक संघ ५ नं प्रदेशका अध्यक्ष अर्जुनकुमार योगीले बताए । नेपाल शिक्षक संघ महिला बिभाग ५ नं. प्रदेशको संयोजनमा भएको तालिम संघ ५ नं. प्रदेश महिला उपाध्याक्ष शान्ति योगीको सभापतित्व एंव संघका संघीय उपाध्याक्ष पद्मिनी थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि थापाले महिला शिक्षकमा भएका अन्र्तनिहित ज्ञान र सीप बाहिर ल्याउन यस्ता तालिमले मद्दत पुग्ने विश्वास ब्यक्त गरिन । महासचिव सोमनाथ गिरीले योजनावद्ध ढंगले संघले अहिले काम अघी बढाइरहेको जानकारी दिइन । कार्यक्रममा प्रदेशका अध्यक्ष अर्जुनकुमार योगीले महिला शिक्षकहरुको सशक्तिकरण र संगठनलाई थप गतिशिल बनाउन जिल्लातह, स्थानीयतह र विद्यालयतहमा कार्यक्रम गर्ने प्रदेश समितिको निर्णय अनुसार तालिमलाई अभियानकै रुपमा अघी बढाइएको बताए ।

संघका प्रदेश उपमहासचिव सिर्जना पण्डितको स्वागत मन्तब्यबाट शुरु भएको तालिम उदघाटन कार्यक्रममा संघका संघीय उपमहासचिव धना भण्डारी, प्रदेश नं ५ उपाध्याक्ष यज्ञ नेपाल, महासचिव लालप्रसाद पंगेनी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सहजीकरण प्रदेशका महासचिव अर्थ सीता शर्मा गौतमले गरेकी हुन ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *