
दाङ,भदौ २३ । आँफुलाई सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री देशलाई चाहिएको बताएका छन् । शुक्रवार तुलसीपुरको वीपी चोकमा आयोजित ‘नेपालका लागि नेपाली दाङ’ले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री निरही सावित भएको हुँदा देश भरिका जनता बाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताए ।
सरकार भ्रष्टचारो दलदलमा फसेको हुँदा यो सरकारको औचित्य नरहेको उनले कथन थियो । उनले क्षमतावान युवाहरु विदेशमा श्रम बेच्न बाध्य भएको तथा देशमा भने जग्गा बाँझै पल्टिदा खाद्यान्न किनेर ल्याउनुपर्ने बाध्यता रहेको भन्दै चिन्ता जाहेर गरे । गएको उनले एनसियलले ठूलो अनियमिता गरेको भन्दै एनसियलको प्रयोग बहिस्कार गर्न आग्रहपनि गरे । कार्यक्रमलाई बालकृष्ण न्यौंपाने, सागर खड्का, पवित्रा लामा र महेन्द्र प्रसाईले सम्वोधन गरेका थिए ।
कार्यक्रमका संयोजक तथा वीपी पार्टीका जिल्ला अध्यक्ष दिपक धितालले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रमको दौरानमा वीपी चोकमा मानिसहरुको उल्लेखनिय सहभागिता थियो । जसले गर्दा राप्ती राजगर्माको आवागमन तुलसीपुरमा दिनभर जस्तो ठप्प प्राय बनेको थियो ।
शाहीले अरु के के भने भिडियोमा हेर्नुहोस –
