२०८३ असार १३ गते शनिवार

एक घन्टाको पानीले बसपार्कको मासुमण्डि क्षेत्र जलमग्न (भिडियो सहित )


दाङ,भदौ २५ । एक घन्टा जति परेको अविरल बर्षाले बुधवार तुलसीपुरको बसपार्क क्षेत्र जलमग्न भएको छ । तुलसीपुरको पिपल बोट नजिकैको कुलो मासेपछि उक्त समास्या भएको स्थानीय सर्वसाधारणले बताए । नगरपालिकाले सडक मिचेर निर्माण गरेका संरचना हटाउने क्रममा रजौराकुलो पनि मासेको हुँदा नालामा पानी नअटाएर मासुमण्डि क्षेत्र डुवानमा परेको त्यहाँ बस्दै आएकाहरुले बताए । ‘गाउँमा जाने कुलो मासियो र त्यहाँ सानो नाला राखियो । त्यत्तो पानी नालामा अटाउने कुरै भएन अनि पानी बसपार्क भरि छताछुल्ल भयो,’ स्थानीय एकजना व्यवसायीले भने ।

तर नगरपालिकाका पदाधिकारीहरु भने स्थानीय व्यवसायीले मनपरी रुपमा फोहर, पाष्टिक र सिसाका बोत्तल नालीमा फाल्ने गरेको हुँदा ठूलो पानी पर्दा त्यो सबै एकै ठाउँमा जम्मा भएर नालीवाट पानी बस्तिमा पसेको बताएका छन् । पानी मासुमण्डि लगाएतका क्षेत्रमा जलमग्न भएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाह, वडा सदस्य अजय बुढाथोकी लगाएतका जनप्रतिनिधि त्यहाँ पुगेका थिए ।

उनीहरुले तुलसीपुर उपमहानगरपालिकाको स्काभेटर ल्याएर त्यहाँ नाली सफा गर्ने तथा फुटेको ठाउँमा बाँध्न लगाएपछि तत्काललाई पानी रोकथाम भएको थियो । एक घन्टाको पानीले बसपार्क क्षेत्र जलमग्न हुनुलाई धेरैले अव्यवस्थित बसोबासकै परिनाम भएको औंल्याएका छन् । यो भविस्यको लागि खतराको घन्टि भएको समेत विज्ञहरुले चिन्ता जाहेर गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *