२०८३ जेष्ठ ३१ गते आइतवार

सल्यानमा नेकपाको भागवण्डाः दुबैलाई पाँच/पाँच स्थानीय तह


शंकर के.सी.
सल्यान, ११ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी सल्यानले जिल्लाका दशवटै पालिका र वडामा नेतृत्वको जिम्मेवारी बाँडफाँड गरेको छ । सदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले स्थानीय कमिटीहरुको टुङ्गो लगाएको हो । साविक एमाले र माओवादीले पाँच÷पाँच स्थानीय तहको नेतृत्व पाएका छन् ।

यस्तै साविक एमालेले ४२ र साविक माओवादीले ४१ वडाको नेतृत्व पाएको नेकपा सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले जानकारी दिए । पूर्व एमालेबाट अध्यक्ष हुने स्थानीय तहमा पूर्व माओवादीबाट सचिव र पूर्व माओवादीको अध्यक्ष हुने स्थानीय तहमा एमालेबाट सचिव बनेका छन् । पूर्व एमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी तथा पूर्व माओवादीबाट शारदा, बनगाड कुपिण्डे, दार्मा, कुमाख, र कालिमाटीमा नेतृत्व लिएका छन् ।

कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तीर्थराज बस्नेत सचिव, बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र लोकमान बुढाथोकी सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाख गाउँपालिकामा जित बहादुर चलाउने अध्यक्ष र राम बहादुर बस्नेत सचिव र छत्रेश्वरी गाउँपालिकामा ओझ बहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्का सचिवको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष पुनले बताए ।

यस्तै शारदा नगरपालिकामा नविन सिंह भडेल अध्यक्ष र यौवन प्रकाश श्रेष्ठ सचिव, बन्गाड कुपिण्डे नगरमा कीर्तिबहादुर राना अध्यक्ष र गुञ्जमान बुढा सचिव, दार्मामा असविर बुढाथोकी अध्यक्ष र दल बहादुर केसी सचिव, कुमाखमा चन्द्र बहादुर राना अध्यक्ष र भैरव शाहा सचिव एवं कालिमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसी सचिव बनेका छन् ।

साविक एमालेलाई ४२ र साविक माओवादीलाई ४१ वडाको नेतृत्व

त्यस्तै वडास्तरमा पनि नेतृत्व कसले लिने भन्नेमा भागबण्डा भएको छ । पूर्व एमालेको तर्फबाट शारदाका १, २, ५, ६, ८, ११, १२ र १४ नम्बर वडा र पूर्व माओवादीको तर्फबाट ३, ४, ७, ९, १०, १३ र १५ वडाको नेतृत्व पाउने छन् । बनगाड कुपिन्डेका १, ३, ४, ७, ९, १० र १२ पूर्व एमाले अनि २, ५, ६, ८ र ११ पूर्व माओवादीले जिम्मेवारी लिने भएको छ ।

यता बागचौर नगरपालिकाका २, ५, ९, १० र १२ पूर्व एमाले अनि १, ३, ४, ६, ७, ८ र ११ पूर्व माओवादीको जिम्मामा परेका छन् । त्यस्तै कुमाख गाउँपालिकाका १, ३ र ६ पूर्व एमाले अनि २, ४, ५, ७ पूर्व माओवादीको जिम्मामा छन् । दार्मा गाउँपालिकाका १, ३, ६ मा पूर्व एमाले र २, ४, ५ मा पूर्व माओवादीको तर्फबाट नेतृत्व हुनेछ भने सिद्ध कुमाख गाउँपालिकाका ३, ४, ५ पूर्व एमाले अनि १ र २ पूर्व माओवादीले चलाउने छन् ।

छत्रेश्वरीका ३, ४, ५ पूर्व एमाले र १, २, ६, ७ पूर्व माओवादी अनि त्रिवेणीका १, ४, ५ पूर्व एमाले र २, ३, र ६ पूर्व माओवादीका अध्यक्ष हुनेछन् । कपुरकोटका ३, ४, ५ पूर्व एमाले र १, २, ६ पूर्व माओवादी अनि कालिमाटीका १, २, ३, ४ पूर्व एमाले र ५, ६, ७ पूर्व माओवादीका अध्यक्ष हुनेछन् ।

नेकपा कर्णाली प्रदेश कमिटीका सहइन्चार्ज यमलाल कँडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्द्रीय सदस्य तथा कर्णालीका अर्का सहइन्चार्ज प्रकाश ज्वाला, जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत र सहइन्चार्ज गुलावजंग शाह लगायतले मन्तव्य राखेका थिए । बैठकको सञ्चालन सचिव कर्ण बहादुर बुढाथोकीले गरेका थिए ।

बैठकपछि कुरा गर्दै नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले कमिटीका अन्य सदस्यको टुङ्गो अहिले चयन भएका अध्यक्ष र सचिवले लगाउने बताए । तर कहि कतै विवाद भएमा जिल्ला कमिटी पनि पुगेर कमिटी निर्माण गर्ने उनले जनाए । यस अघि ९ गते सल्यानबाट प्रदेश तथा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरुको पनि अनौपचारिक बैठक बसेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *