
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन भोलि विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ ।
दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बांधिए, त्यसैले म तिमीलाई बांध्छु, यसले तिमी पनि सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बांधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ ।
जीवन जगतमा नारी शक्तिको महत्व र स्थान सर्वोच्च छ भन्ने संस्मरण पनि आजको दिन (गायत्रीजप दिदीबहिनीको हातबाट रक्षासूत्र) ले गराउंदछ ।
ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।जनैमा तीनवटा शिखा हुन्छन् र यो नौवटा तन्तुहरूले बनेको हुन्छ । ती सबैको प्रतीकात्मक अर्थ छ । तीनवटा शिखाहरूले सृष्टिको बीजमन्त्र अर्थात् ॐ (ओउम) को प्रतिनिधित्व गर्दछन् ।

युवा ज्योतिषी – मुस्कान खनाल
ब्रह्मा विष्णु महेश्वर यिनका प्रतीकात्मक देवता हुन् । जसले सृष्टि स्थिति प्रलयको संङ्केत गर्छन् । एटम र त्यसको इलोक्ट्रोन, पोट्रोन र न्युट्रोनले जसरी सृष्टिको मूल बुझ्न मद्दत गर्दछन, ॐले पनि त्यही गर्दछ । जनैमा रहने नौ तन्तुले नव गुणको संङ्केत गर्दछन् र धारकलाई सदैव ती गुणहरूको जीवनमा विकास गर्न प्रतिबद्ध बनाउंछन् ।
शम (शांति प्रियता), दम (आत्म संयम), तप (तपस्या), शौच (पवित्रता), क्षान्ति (सहिष्णुता), आर्जव (सत्यनिष्ठा), ज्ञान, विज्ञान एवं आस्तिकता (धार्मिकता) यी नवगुणहरू जीवनको कल्याणकारी विकासका लागि आवश्यक मानिएका छन् । यी गुणको विकासतिर ध्यान नदिनेहरूले जनै लगाउनुको खासै अर्थ छैन । व्रतबन्धित विप्रले जनै धारण गरेर आफू संङ्कल्पित रहेको अनुभव गर्दछ । यो प्रतीक हो । समग्र ज्ञान हासिल गरिसकेपछि र सन्यासको अवस्थामा पुगेपछि सबैले जनैको त्याग गर्ने शास्त्रीय विधान छ । मृत्यु भएपछि पनि जनै काटेर व्रतहरूको बन्धन सकिएको संङ्केत गरिन्छ ।
जनै लगाउनाले मन, वचन र कर्मलाई पवित्र बनाउन सकिन्छ । आफनो मस्तिस्कको शक्तिलाई बढाउन सकिन्छ, जनै लगाइसकेपछि उस्ले नित्य गरिनु पर्ने नित्यकर्मको बारेमा जानकारी लियी त्यस्को पालना गर्नुपर्छ जसले गर्दा उसको जीवन सधै स्वस्थ र निरोगी बन्नुका साथै दिमाग लगाएर गर्नु पर्ने काममा सहयोग पुग्दछ ।
यस हिन्दुहरुको एक महान पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण दाजुभाइ दीदी बहिनीहरुमा सबन्ध सदैव कोमल र अमर रहोस् र बनोस, सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।
युवा ज्योतिषी – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ
सम्पर्क : ९८५११९३९६४, ९८२२८५०७३५