२०८३ जेष्ठ ३१ गते आइतवार

तुलसीपुर न्यायिक समितिले एक वर्षमा ३४ मुद्दा मात्रै किनारा लगाउन सक्यो


यमकला भुसाल,
दाङ,साउन २३ । दाङको तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा वर्ष दिनमा जम्मा ३४ वटा मुद्दाको मात्रै सुनुवाई गर्न सकेको छ । जहाँ वितेको आर्थिक वर्षमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका गरि १ सय १८ वटा मुद्दा दर्ता भएका थिए ।

न्यायिक समितिका पदाधिकारीका अनुसार तुलसीपुरमा बढीजसो मुद्दा खान लाउन नदिएको भन्ने खालका परेका छन् । इज्जत अनुसार खान लाउन नदिएका मुद्दा ८० थान, जग्गा विवादका २०,कुलोपानीको १ ,फोहोर प्रर्दुषण सम्बन्धि ३,झंैझगडा सम्बन्धि ८ ,ज्याला मजदुरीका २ ,उद्योग बन्द सम्बन्धि २ र विद्युत मिटरबक्स सम्वन्धि १ समेत गरि कुल १ सय १८ वटा मुद्दा परेका थिए ।

उपमहानगरपालिकाको न्यायिक समिति संयोजक माया आचार्यले पछिल्लो केही महिनादेखि न्यायिक समितिमा आमद इज्जत अनुसार खान लाउन नदिएका मुद्दाहरु बढी मात्रामा आउने गरेको जानकारी दिइन ।

उनले न्यायिक समितिमा वितेको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि असार मसान्त सम्म एक वर्षको अवधिमा विभिन्न प्रकृतिका गरि १ सय १८ वटा म्द्दा दर्ता भएकोमा जम्मा ३४ वटा मुद्दा मात्रै किनारा लगाउन सकिएको जानकारी दिइन ।

‘हामीले वितेको असार मसान्तसम्म ३४ वटा मात्रै फैसला गर्न सक्यौं, थप ८५ वटा मुद्दा छलफलको प्रक्रियामै रहेका छन,’ संयोजक आचार्यले भनिन् । तुलसीपुरको न्यायिक समितिमा आर्थिक वर्ष २०७४÷०७५को तुलनामा वितेको वर्ष २०७५÷०७६मा मुद्दाको संख्या भने बढी आएको उनले जानकारी दिइन ।

सयोजंक माया आचार्यका अनुसार अधिकाँस मानिसहरु मुद्दा दर्ता गरेपछि फर्केर नआउने, समितिमा मुद्दा परेपछि घरमै गएर विवाद मिलाउनु पर्ने जस्ता कारणहरुले समस्या भएको बताइन ।

न्यायिक समितिमा मुद्दा दर्ता गर्न आएपनि निवेदक नै फर्केर नआउने प्रवृतिका कारण ती मुद्दालाई तामेलिमा पठाउनु पर्ने अवस्था रहेको संयोजक आचार्यले बताइन । न्यायिक समितिमा तालिम प्राप्त र सूचिकृतमा परेका मेलमिलापकर्ताहरुको माध्यबाट विभिन्न प्रकारका मुद्दाहरुको फैसला हुने गरेको संयोजक आचार्यले बताइन ।

साउन २० गतेसम्म १४ वटा मुद्दा दर्ता

न्यायिक समितिमा आर्थिक वर्ष २०७६÷०७७ को साउन २० गतेसम्ममा १४ वटा मुद्दा दर्ता भएका छन । जसमध्ये ईज्जत अनुसार खान लाउन नदिएका ८ वटा, झैझगडा २, जग्गा विवाद ३ र राँगा बधशाला सम्बन्धि १ वटा गरि १४ वटा मुद्दा दर्ता भएको सयोजंक आचार्यले बताइन । त्यस मध्य एउटा मुद्दाको फैसला भइसकेको पनि उनले जानकारी दिइन ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *