२०८३ असार १३ गते शनिवार

पश्चिम क्षेत्रमा तिन दिन सम्म मेघगर्जन चट्याङ्गसहित वर्षा हुने

फाइल तस्बिर

काठमाडौं, साउन १८। मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा विस्तारै उत्तरतिर सर्दै जाने देखिएको जनाएको छ । महाशाखाका अनुसार अहिले उक्त रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतिर अवस्थित छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी र मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

तीन दिनको मौसमबारे जानकारी दिँदै महाशाखाले शनिबार (आज) दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुने जनाएको छ । त्यस्तै शनिबार दिउँसो नै केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ । आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाहुने र पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोमबार राति आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू–भागका केही स्थानमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *