२०८३ असोज १७ गते शनिवार

दाउन्ने बस दुर्घटनामा परि बाँकेका ४ जनासहित ६ जनाको मृत्यु


दाङ, असोज १७ ।


बाँकेबाट–काठमाडौं तर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक मध्य ४ जना बाँकेका परेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परि बाँकेको कोहलपुर नगरपालिका –३ का ३२ वर्षीय दिपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जिल्लाकै खजुरा गाउँपालिका –२ का ३६ वर्षीय सुरेश बिसीको मृत्यु भएको छ ।
त्यस्तै जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी र पहिचान हुन बाँकी रहेका अन्दाजी ४२ वर्षीय एक पुरुष छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तगर्त नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा पल्टिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनापछि बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान सवा ६ बजेतिर उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको थियो ।
दुर्घटनाका १२ जना घाइते मध्य बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको छ । उनलाई बिहान पौने ८ बजेतिर थप उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको छ ।
त्यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढालाई थप उपचारका लागि बिहान ६ बजे चितवन मेडिकल कलेज, भरतपुर पठाइएको थियो ।

अन्य घाइतेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारू, सोही जिल्लाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारू, सोही जिल्लाकै बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी छन ।

त्यस्तै गोरखा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री रहेका छन् ।

घाइते मध्ये अनोज खत्री अछामस्थित श्री गोरखबक्स गण मंगलसेन ब्यारेकमा प्युठ पदमा कार्यरत छन् । अन्य घाइतेको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *