
दाङ, असोज ११ ।
सल्यानको कपुरकोटमा दर्जनौं सल्लाका रुखहरु एकै साथ ढलेका छन् । चार दिनदेखिको निरन्तरको बर्षा र चीब्र गतिको हावाहुरीका कारण ती रुखहरु ढलेको अनुमान गरिएको छ ।
कपुरकोट गाउँपालिका – ५ रिमस्थित वनमा एकै साथ ठूलो संख्यामा सल्लाका रुखहरु ढलेको पाइएका छन् ।
एकै साथ दर्जनौ रुखहरु ढलेपछि केही अनिष्ट हुने हो कि भनेर स्थानीय त्रसिद बनेका छन् ।
डिभिजन वन कार्यालय संल्यानका प्रमुख रमेशबहादुर गिरीका अनुसार लगातारको बर्षा र हावाहुरीका कारण सल्लाका रुखहरु एकै साथ ठूलो संख्यामा ढलेका हुन ।
‘सल्लाका रुखहरुको जरा धेरै गहिरो गएको हुँदैन,’ उनले भने ‘ नियमित बर्षाले माटो गलेपछि र हावा चलेपछि ती ढलेको हुनुपर्छ ।’
यद्यपी उनले निरन्तरको बर्षा र पहिरोका कारण राप्ती राजमार्ग अबरुद्ध हुनु र सल्यानमा तीन दिनदेखि बिद्युतपनि नभएको हुँदा मोवाइल फोनको नेटवर्कपनि नलागेका कारण घटनास्थल पुग्न तथा निरीक्षण गर्न समस्या भइ रहेको बताए ।
बिभिन्न ठाउँमा झरेको पहिरो र ढलेका रुख तथा पोलहरका कारण सल्यान बिगत तीन दिन यता बिद्युत बिहिन अवस्थामा रहेको छ ।
