
दाङ, असोज ९ ।
रोल्पामा जिपको ब्रेक फेल भइ मिनी ट्रक संग ठोक्किदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा रुन्टीगढी गाउँपालिका – ७ की २७ बर्षीया विमला खड्का, उनकी ७ बर्षीया छोरी एलिसा खड्का, सोही ठाउँकी २१ बर्षीया २१ पूजा थापा , वडा नं. ८ झेनामका ३३ बर्षीय कलिमान बिक, ३१ बर्षीया सिता बिक र त्रिवेणी गाउँपालिका –२ दहबनका ३२ बर्षीय रेसम खड्का घाइते भएका छन् ।
घाइते मध्य एलिसा र सिता बिकको अवस्था सामान्ने रहेको तथा अन्य चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
रोल्पा प्रहरीका अनुसार शुक्रबार दिउँसो होलेरीबाट दहवन तर्फ जाँदै गरेको भे १ ज ११२७ नम्बरको बोलेरो जिप ब्रेक फेल भइ दहवन बाट दाङ तर्फ जाँदै गरेको ना ८ ख ७९३३ नम्बरको मिनी ट्रकमा दिउँसो ठोक्किएको थियो ।
घाइतेको प्राथमिक स्वास्थ केन्द्र होलेरीमा उपचार जारी छ । दुबै सवारी चालक र दुबै सवारी साधान इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रणमा छन् ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
