
दाङ, साउन १५। दाङको लमहीमा डायलासिस सेवा संचालन हुने भएको छ । दाङ लगाएत छिमेकी जिल्लाका मृगौलाका बिरामीलाई डायलासिस सेवा लिन बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लमहीमै डायलासिस सेवा संचालन गर्ने भएको हो।
लमहीको रातो डाँडामा लमही नगर बिकास समितिले डायलासिस सेन्टर संचालनका लागि भवन उपलब्ध गराउने भएपछि सेवा संचालन हुने भएको छ ।
लमही नगर विकास समिति र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बीचमा डायलासिस सेन्टर संचालनको लागि १५ वर्षको लागि सम्झौता भएको छ । सम्झौता अवधि दुवै पक्षको सहमति र आवश्यकता अनुसार थपघट गर्न सकिने छ ।
पहिलो चरणमा १० वटा मेसिन जडान गरी बिरामीहरुको डायलासिस सेवा सुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले बताएको छ ।
प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार