२०८२ मङ्सिर २३ गते मङ्गलवार

सुवेदी जिल्ला उत्कृष्ट भएको दाबी


दाङ,साउन १४ । कक्षा १२ को नतिजामा ज्ञानज्योति सेकेन्डरी स्कुल तुलसीपुरका सुवास सुवेदीले व्यवस्थापन संकायतर्फ उत्कृष्ट अंक ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमवगार सार्वजनिक गरेको परिक्षाको नतिजामा सुवेदीले ३.७६ जिपिए अंक ल्याएका छन् ।

कलेजले सुवेदीले जिल्ला उत्कृष्ट नम्वर ल्याएको दाबी गरेको छ । कलेजका प्राचार्य सुरेन्द्र जिसीले त्यो दावी गरेका छन् । उनले विगतका बर्षहरुमा पनि कलेजले उत्कृष्ट नतिजा ल्याउँदै आएको जानकारी दिए । २०६५ सालमा स्थापना भएको कलेजले अहिले व्यवस्थापन, विज्ञान, मानविकी, कानुन र शिक्षा संकाय अध्यापन गराउँदै आएको छ ।

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *