२०८३ असार २१ गते आइतवार

हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु

दाङ, असार २१ ।

चितवनमा मध्यराति घरमा आक्रमण गरि हात्तीले आमा छोराको ज्यान लिएको छ ।
जिल्लाको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा र छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले सुतिरहेकी उनकी २५ वर्षीया श्रीमति आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरि ज्यान लिएको थियो ।
हात्ती धपाउने क्रममा पूर्ण बोटेले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएपछि नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *