काठमाडौं,असार ९ । आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासिक जित हात पारेको छ।
एर्नोस भेले ग्राउन्डमा भएको खेलमा अस्ट्रेलियालाई २१ रनले हराउँदै अफगास्तिानले सुपर ८ मा आफ्नो पहिलो जित हात पारेको हो।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनायो।
१४९ रनको लक्ष्यसहित मैदान उत्रेको अस्ट्रेलियाले खराब प्रदर्शन गर्दै निर्धारित ओभरको ४ बल बाँकी छदै अल आउट भएर १२७ रन मात्रै बनाउन सक्यो।
अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरवाजले सर्वाधिक ६० रन जोडे भने इब्राहिम जरदानले ५१ रन जोडे।
प्रकाशित मिति : २०८१ असार ९ गते आइतवार
