२०८२ जेष्ठ ३० गते शुक्रवार

लुम्बिनी प्रदेश खेलाडीलाई बिदाई


दाङ, पुस १८ । लुम्बिनी प्रदेशका भलिबल खेलाडीलाई बिदाई गरिएको छ ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली भलिबल संघको ब्यवस्थापनमा पुस २०—२६ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा हुन गैरहेको ३४ औ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० मा भाग लिने खेलाडी, प्रशिक्षकलाई बुधबार बिदाई गरिएको हो ।

एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, प्रदेशका सचिव नवल गुरुङले खादा, मालासहित शुभकामना दिएर बिदाई गरेका हुन ।

प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङले एक हप्ता चलेको क्लोज क्याम्पबाट अन्तिम १२ को छनौट भएको प्रशिक्षक लोक बहादुर भण्डारीले बताए ।

टिममा चिरन्जिवी खड्काको कप्तानीमा कमल गहतराज, संगम श्रीस, रेशम बिक, लोचन आले, मदन भण्डारी, विकास गिरी, दिपेश कुवर, टाईवान तरामु मगर, बिनोद नेपाली, राजन बिक, सौरभ फुन्जाली १२ जना खेलाडीहरु, लोकेन्द्र बहादुर भण्डारी मुख्य प्रशिक्षक, थमन खत्री सहायक प्रशिक्षक रहेका छन ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेल र खेलाडी उत्पादनमा प्रदेश अगाडि रहेको भन्दै ब्यवसायिक खेल र खेलाडीको पक्षमा सधै आफू उभिने बताए ।

प्रदेशमा रहेका धेरै क्लबहरु खेलाडी उत्पादनका आधार भएको भन्दै उनले रुपन्देहीमा मणिमुकुन्द भलिबल क्लब पुरुष भलिबल उत्पादनबाट चिनिएको बताए ।

खेलकुदमा खेलाडीको अनुसासन मुख्य विषय मानिने भन्दै हरेक खेलाडी जित मनोबिज्ञानबाट खेल्नुपर्ने सुझाव दिए । हरेक खेलाडी खेल प्रविधि बुझ्न जरुरी रहेको उनको तर्क छ ।

प्रदेश खेलकुद परिषदबाट आवश्यक सहयोग निरन्तर रहने उनले प्रतिवद्घता जनाए ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *