लक्ष्मण बस्नेत,तुलसीपुर,कात्तिक १८ । पश्चिम दाङको हंसपुरमा शनिबारदेखि बबई कप टि-20 क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ ।
दाङ जिल्ला क्रिकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रिकेट क्लबको आयोजनामा पश्चिम दाङको बबई गाउँपालिका ३ हंसपुर क्रीकेट मैदानमा संचालित प्रतियोगिताको बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी खत्रीले खेल बिकासको पहिलो आधार पुर्वाधार भएको बताए ।
“पुर्वाधार बिकास बिना खेल बिकासको परिकल्पना असम्भव भएकाले हामी गाउँपालिकामा खेल संरचना निर्माणसंगै भएका संरचनाको संरक्षण र त्यसको उपयोगमा नितिगत रुपमा लागि परेका छौ,”उनले भने ।”
उनले ग्रामीण स्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्ने उदेश्यले गाउँपालिका भित्र क्रिकेट रंगशाला निर्माण कार्यलाई पहिलो प्राथमिकतामा पारिएको बताए ।
पुरन्धारा क्रिकेट क्लबका अध्यक्ष तथा खेल संयोजक बालकृष्ण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी बबई गाउँपालिका वडा न ३ का अध्यक्ष मानबहादुर केसी , खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
बबई गाउँपालिका वडा न २ का निवर्तमान अध्यक्ष चिन्तामणी शर्माको स्वागत रहेको कार्यक्रमको संचालन टोपेन्द्र थापाले गरेका थिए ।
यसैबीच प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा गुरुकुल एकाडेमी घोराही बिजयी भएको छ । उद्घाटन खेलमा त्रीशिदेश्वरी क्रिकेट क्लब तुलसीपुरलाई १७ रनले पराजित गर्दै गुरुकुल एकाडेमीले बिजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको गुरुकुलले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ४ रन जोड्न सफल भयो । गुरुकुलका बिराट भन्डारीले सर्वाधिक २९ रनको योगदान दिदा राज शाह र वसुर अहमद ले क्रमशः २१ र १२ रनको जोड्न सफल भए ।
बलिङ तर्फ त्रीशिदेश्वरी क्रीकेट क्लबका करण सार्की ३,दिवान पुन, सुरज केसिले समान २/२ विकेट,र स्माईल अन्सारी, केशव अधिकारीले समान १/१ बिकेट लिए ।
प्रतिउत्तरमा १सय ५ रनको बिजयी लक्ष्य पाएको त्रीशिदेश्वरी १६ दशमलव ४ ओभरमा ८७ रन जोड्दै अल आउट भयो ।
त्रीशिदेश्वरीका शकर बुढाले सर्वाधिक २९ रनको योगदान दिदा बिजय भुसाल र मोहन केसि ले क्रमशः २३ र १७ रन जोडे । बलिङ तर्फ वीर बहादुर घर्ती र अबिनास बस्याल ले समान ३/३ विकेट लिए ।
खेलमा ४ ओभर दुई मेडन १८ रन ३ विकेटको उत्कृष्ट प्रदर्शन गरेका वीरबहादुर घर्तिमगर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै प्रतियोगिता अन्तरगत आईतबार बिहानको खेलमा घोराही क्रिकेट एकाडेमी र पुरन्धार च्यालेन्जर्स भिड्नेछन् भने दिउँसो हुने खेलमा राप्ती गाउँ पालिका र गुरुकुल एकाडेमी घोराही भिड्नेछन् ।
क्रिकेट खेलको बिकास र बिस्तारसंगै नवप्रतिभावन खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद पचास हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपबिजेताले नगद पच्चीस हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडीले नगद आठ हजार साथमा ट्रफी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान नगद पाँच-पाँच हजार सहित ट्रफी, प्रमाणपत्र हात पार्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ ।
कार्तिक २२ गते सम्म संचालन हुने प्रतियोगितामा पुरन्धारा क्रीकेट क्लव बबई, श्री त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर, घोराही क्रिकेट एकाडेमी, दाङ क्रिकेट लिग खेलेको टिम पुरनधारा च्यालेन्जर्स, गुरुकुल क्रीकेट एकाडेमी घोराही र राप्ती गाउँपालिका क्रिकेट टिम सहित ६ टिमको सहभागिता रहेको छ ।