२०८० मङ्सिर १६ गते शनिवार

आइसिसी टी–२० विश्वकप छनोट ः सन्दीप र विनोद टिममा फर्किए

काठमाडौं,कात्तिक ११ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटका लागि राष्ट्रिय टिमको घोषणा गरीएको छ। घोषित राष्ट्रिय टोलीमा सन्दीप लामिछाने र विनोद भण्डारीले टोलीमा पुनरागमन गरेका छन्।

नेपालले विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा गर्दा त्रिकोणात्मक सिरिजमा टिममा रहेका चार खेलाडी भने अन्तिम १५ मा रहन सकेनन्।

त्रिकोणात्मक टि-२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका हुन्। आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट १३ देखी २० कार्तिक सम्म मुलपानी र टियु स्थित कीर्तिपुर मैदानमा हुँदै छ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन्।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप छनोटमा खेल्न पाउने छन्।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *