तुलसीपुर,असोज १७ । लुम्बिनी प्रदेश तेक्वान्दो सँघको नियमित बैठक तुलसीपुरमा सम्पन्न भएको छ ।
सँघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले कार्तिक १७ र १८ गते लुम्विनी प्रदेश स्तरिय विभिन्न तौल समुहमा प्रथम खुला तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि सँघका कोषाध्यक्ष मोहन सुनारको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।
जसको सदस्यमा महेश थापा सदस्य, श्याम भट्टराई, राजिव सिहं क्षेत्री, सुरेश पाश्वाङ, बमबहादुर बिक रहेका छन ।
त्यस्तै सँघका सदस्य दिपक कुमाललाई प्रेस संयोजकमा नियुक्ति गरिएको छ । बैठमा सुमन घले गुरूङ, डम्बर बिसी, सचिन पौडेल लगाएतले आफ्नो भनाई राखेका थिए ।
बैठकको सहजिकरण संघका सचिब बिनिल केसीले गरेका थिए ।
प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार