२०८३ बैशाख १२ गते शनिवार

सरकारले नेपाली क्रिकेट टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख दिने

काठमाडौँ,बैशाख २० । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट जनही टिमका सबै सदस्य र प्रशिक्षकलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने भएको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकले क्रिकेट टोलीका अधिकारीहरुलाई पनि जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय गरेको छ।

नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर लिग जितेर एसिया कपका लागि छनोट भएको छ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *